पोखरा(खेलाडी न्युज)- विभागीय क्लब नेपाल पुलिस क्लबले आहा राराको १८ औं सस्करणमा उपाधि नजिक पुग्दा दुई वर्ष अघिको हारलाई फेरी एक पटक पीडा बोक्दै थ्रीस्टार बाहिरिएको छ । सहारा क्लबको आयोजनामा सञ्चालित पोखरा रंगशालामा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गर्ने क्रममा ३–० गोलको जित आत्मसात गर्यो ।

नेपाल पुलिस र थ्रीस्टारले समान ५–५ पटक आहा राराको उपाधि आफनो नाममा लेखाईसकेका छन् । दुवैले फाईनल खेल्ने चाहना राखे । तर बाजी पुलिसले मार्यो । दुई वर्ष अघिको फाईनलमा पुलिसले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि उचाल्दा थ्रीस्टार उपविजेतामा चित्त बुझाएको थियो । त्यो हारको पीडालाई दुईवर्षपछि लिने अवसरबाट थ्रीस्टार फेरी एकपटक बञ्चित हुन पुग्यो ।

दर्शकले प्रतिस्पर्धाको अपेक्षा गरे । तर नजिता सहज निस्कियो । नेपाल पुलिसले ३–० को गोल अन्तरले पन्छाउँदा थ्रीस्टार पुलिस सामु निकै फिक्का देखियो । आहामा निकै भाग्यमानी टोली सावित नेपाल पुलिस १0 औं पटक फाईनलसम्मको यात्रा तय गर्ने एकमात्रै टिम हो ।

यी दुवै टोली आहा ! रारा गोल्डकपमा छैटौं पटक बुधबार पोखराको मैदानमा आमने सामने भएका हुन् । शुरुदेखि नै एकतर्फी दबावमा राखेको पुलिसले आठौं मिनेटमै गोलको खाता खोल्यो । मैदानको दाया साइडबाट रवि पासवानले मिलाई दिएको पासमा कप्तान भरत शाहले वान टच प्रहार गर्दै जाली चुमाए । पहिलो हाफमा पटक÷पटकको गोल गर्ने प्रयास गुमाएको पुलिसले ५१ ऋौं मिनेटमा दोश्रो गोल ग¥यो । मैदानको दाया साइडबाट दुई खेलाडीलाई बिट गर्दै निरकुमार राईले अप्रत्यासित गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डि–एरिया लाइनसँग छोएको कर्नर लाइनबाट प्रहार गरेको बल बिपक्षी गोलकिपरले पञ्च गरेपनि बल रिप्mलेक्ट हुदैं जालीको सम्पर्कमा पुग्यो । पुलिसले तेश्रो गोल भने ७१ औं मिनेटमा ग¥यो । मैदानको करीब मध्य भागबाट तेज तामाङले क्रस गरेको बललाई निरकुमार राईलेले जाली चुमाएपछि पुलिसको जित सुनिश्चित भएको थियो । आफनो भरपर्दा कप्तान भोला सिलवाल विना मैदानमा उत्रिएको पुलिसले प्रदर्शन भने निकै लोभलाग्दो रह्यो ।

नेपाल पुलिस क्लबले सहारालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । थ्रीस्टारले भने गान्तोक सिटी भारतलाई पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको हो । दुवै उपाधिको लागि लालायित छन् । दुवैले आहाको संस्करण भने उचालिसकेको छन् । थ्रीस्टारले पाँचौ, नवौं, ११औं, १३ औं र १७ औं सस्करणको उपाधि उचालिसकेको छ । नेपाल पुलिस क्लबले पनि पहिलो, छैटौं, सातौं, आठौं, १६ औं सस्करणको उपाधि उचालेको तथ्यांक छ । दोस्रो सेमिफाईनल खेल मनागं मस्र्यांग्दीले नेपाल आर्मी क्लबसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here