बुटवल(खेलाडी न्युज) – रुस्लान थ्री स्टारले मोसफसकै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी गोल्डकपको उपाधि जितेको छ । आराम नभएको भन्दै फाईनल खेल्न अस्वीकार गरिरहेको थ्री स्टारले आज सोमबार चिर प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । आयोजकले माफी मागेपछि फाईनल खेल्दै विदेशी खेलाडीको गोलमा उपाधि उचाल्दैं घरेलु फुटबलमा आफुलाई अब्बल प्रमाणित गरेको छ ।

विदेशी खेलाडी अजयी मार्टिनको गोलमा रुस्लान थ्री स्टार क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कपसँगै थ्रीस्टारले सिजनको तेस्रो उपाधि उचाल्यो । अघिल्लो दिन मात्र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टार अन्तिम दुईमा पुगेको थियो ।

यो वर्ष मनाङविरुद्धका चारै खेलमा थ्री स्टार विजयी भएको छ । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए । उत्कृष्ठ कम गर्दै थ्री स्टारले मनाङलाई पराजित गर्दै १५ लाख नगदराशीको पुरस्कार आफनो पोल्टामा पार्यो । मनाङले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

विमल रानाको गोलमा मनाङले दास्रो मिनेटमा अग्रता लिएको थियो । सुजलको पासमा विमलले गोल गरेका हुन् । थ्री स्टारले दोस्रो हाफमा मात्र खेललाई बराबरी गरेको थियो । अनन्त तामाङले ६९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।पिटरको लामो पासमा अनन्तले गोल गरेका हुन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा अजयीले गोल गरेपछि थ्री स्टार विजयी बनेको थियो । पेनाल्टी बक्समा हुलमुलकाबीचबाट अजयीले गोल गरेका थिए ।

फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो । फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो । मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधि जितेको थियो । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here