Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)- टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा पुरानो टुँडिखेल मैदानमा सम्पन्न माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ को उपाधीका लागि दिप युनाइटेडले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा संगम भेट्रान्सलाई १–० गोलले पराजित गर्दै दिपले सो उपाधी जितेको हो । राजकुमार घिसिङ्ग दोश्रो हाफको पहिलो मिनेटमा गरेको गोलनै निर्णायक बन्दा दिप युनाइटेडले उपाधीमा कब्जा जमायो ।

प्रतियोगिताको उपाधी विजेता दिप युनाइटेडले नगद ५५,५५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिम संगमले ३३,३३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी संगमका विनोद गुरुङ्ग, सर्वाधिक गोलकर्ता टुडिखेलका विनोद गुरुङ्ग, उत्कृष्ट मिडफिल्डर संगमका शिब गुरुङ्ग, उत्कृष्ट डिफेण्डर दिप युनाइटेडका कृष्णबहादुर गुरुङ्ग र उत्कृष्ट गोलकिपर दिप युनाइटेडकै दिपक डंगोल भए ।

विजयी खेलाडीहरुलाई कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ्ग, उपाध्यक्ष चन्द्र गुरुङ्ग, प्रतियोगिताको मुख्य प्रायोजकनेपाल बु्रअरी प्रालिका पोखरा प्रमुख राजु लुइटेल लगायतले पुरस्कार विरतण गरेका थिए । फुटबल विकासमा योगदान पु¥याएको भन्दै क्लवले पूर्व राष्ट्रिय खेलाडी आनन्द रंजित, पूर्व फुटबल खेलाडीहरु बाबुराम पौडेल, राजेन्द्र राणा, कृष्ण गुरुङ्ग, चन्द्र गुरुङ्ग, कविरमान गुरुङ्ग, लगायतलाई सम्मान गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here