पोखरा,(खेलाडी न्युज)—आयोजक पोखरा क्रिकेट क्लबले खबरा क्रिकेट क्लब(म्याग्दी)लाई १८४ रनले पराजित गर्दै दि युनाईटेड गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको उदघाटन खेलमा टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लबले निर्धारित २० ओभर खेल्दै तीन विकेटको क्षतिमा २३९ रनको विशाल योगफल तयार पा¥यो । अनिल गुरुङले ३५ बलमा अविजित ७२ रन बनाउँदै म्यान अफ दि म्याचबाट पुरस्कृत भए । ३८ बलमा ७३ रन बनाउँदै पहिलो विकेटको रुपमा रिजन प्रजुलाई पोखरा क्रिकेटले गुमायो । प्रदीप राउतले ३७ बल खेल्दै अर्धशतक पुरा गर्दा दोस्रो विकेटको रुपमा पवेलियन फर्किए । गोविन्द प्रधान केवल दुई बल खेल्दै एक रनमा आउट भएका थिए । अक्लेस, सज्जन र अनिशले एक एक विकेट बाँडे ।

२४० रनको फराकिलो लक्ष्य पछ्याएको खबरा क्रिकेट क्लब भने केवल ५५ रनमै समेटियो । सन्तोषले सर्वाधिक २३ बनाई आउट भएपछि अन्य व्याट्सम्यानले दोहोरो अंकको रनविहीनमा आउट भए । चार खेलाडी एलबी डब्लुको शिकार भएका थिए । तीन व्याट्सम्यान क्लिन बोल्ड हुन पुगे । प्रदीप राउतले दुई विकेट लिए । ऋषिकेश शर्माले २ विकेट, चन्द्रकुमार गुरुङ, नितेश, किशोर महतो र दिपेशले एक एक विकेट लिए । प्रजु गत वर्ष पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको पश्चिमाञ्चलका प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । चन्द्रकुमार महिला क्रिकेट टोलीको व्यवस्थापकीय जिम्मेवारी लिएका थिए । अनिल सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलका सहभागि खेलाडी समेत हुन् । राउत र शर्माले राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेका छन् ।

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७५०० बराबरको क्रिकेट किट् प्रदान गरिनेछ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही पाँच हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने आयोजक पोखरा क्रिकेट क्लबका आयोजक समिति सदस्य चन्द्रकुमार गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here