Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-१३औं दक्षिणएसियाली खेलकुद (साग) अन्तरगत पोखरामा मंगलबार भएको दुआथोलन प्रतिस्पर्धामा नेपालले पुरुष तर्फ स्वर्ण पदक जितेको छ । अघिल्लो दिन महिला ट्रायथोलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी थिईन् । मंगलबार भएको प्रतिस्पर्धामा पुरुषतर्फको स्प्रिन्ट बिधाको दुआथोलनमा हिमाल टमाटाले नेपालको लागि अर्को स्वर्ण पदक थपेका हुन् ।

निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । पुरुषतर्फको पुरुषतर्फको रजत पदक पनि नेपालले जितेको छ । लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा तय गर्दै रजत जिते । ५९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाका आशिथ पेरेराले कास्य पदकमा चित्त बुझाए ।

मंगलबारनै भएको महिलातर्फको स्प्रिन्ट विधाको दुआथोलनमा भने श्रीलंकाले स्वर्ण र कास्य पदक जित्यो । रजत पदक भने नेपालको पोल्टामा पर्यो । श्रीलंकाकी एरेङ्गादुलाक्सीले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जित्न सफल भईन् । १ घण्टा ८ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै नेपालकी हुमीबुढा मगरले रजत पदक जितिन् । श्रीलंकाकै उदय कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक हात पारिन् ।

नेपालले ट्रायथोलनका विभिन्न विधामा दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ । मंगलबार भएको दुआथोलनका लागि पुरुष तथा महिला तर्फ लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको थियो ।

पुरुषमा आशा गरे अनुसार नै नतिजा आएको बताउँदै ट्रायथोलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकारे । उनी भन्छन्– ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने प्रशिक्षक सिलवाल विश्वस्त छन् । बुधबार १स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स ट्रायथोलनमा प्रतिस्पर्धा गर्नेछन् । देशका २ पुरुष र २ महिलासहितको एक÷एकटिम रहनेछ । मिक्स ट्रायथोलनमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here