Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-सुर्य नेपाल वेष्टर्न ओपनका नवौं सस्करण विजेता सन्जय लामाले १९ औं सस्करणको वेष्टर्न ओपनमा उत्कृष्ठ शुरुवात गर्दै शीर्षस्थानमा छन् । उनले बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरुभएको प्रतियोगितामा २ अण्डर ६७ खेल्दै अग्रता लिएका हुन् ।

फ्रन्ट नाईन र व्याक नाईनमा उनको एक एक अण्डर खेले । पहिलो चार होलमा लेभल पार्दै खेल्दै उत्कृष्ठ शुरुवात गरेको उनले ८ होलमा बर्डी खेल्दै एक स्ट्रोक जोगाए । व्याक नाईनमा उस्तै लय दोहोर्याए । ११ मा बर्डी हिर्काउँदा १२ मा बोगीको सामना गर्दै लेभलमा पुगे तर १५ औं होलमा फेरी बर्डी हिर्काउँदै दुई अण्डर ६७ को स्कोरमा पहिलो दिन अग्रता लिदै टुग्याए । नेपालका शीर्ष बरियताका गल्फर शिवराम श्रेष्ठले लेभल पार खेल्दै १९ औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्टमा सुखद शुरुवात गरेका छन् । डिफेण्डिङ च्याम्पियन नेपाल आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा भने पहिलो दिन खराब लयबाट गुज्रिए ।

फ्रन्ट नाईनमा लेभल पार खेल्दै सुखद बनाएका पाँच पटकका विजेता शिवरामले दशौं होलमा पुगेर डबल बोगी खेलेपछि सन्तुलन गुमाए । तर १२ र १८ औ होलमा बर्डी हिर्काएपछि उनले आफनो खेललाई पहिलो दिन लेभरपार ६९ को स्कोर कार्ड बनाए । जयराम श्रेष्ठले भने बुधबार १ ओभर ७० को स्कोरसँगै तेस्रो स्थानमा छन् । उनले पहिलो होलमै डबल बोगी खेल्दै शुरुवात गरे । दोस्रो होलमा पनि बोगीकै सामना गरेर अगाडि बढे । पाँचौ, छैटौं र नवौं होलमा बर्डी हिर्काउँदै स्ट्रोक जोगाउने लक्ष्यमा रहदैं फ्रन्ट नाईन लेभल पारमा टुग्याए । १० औं होलमा खेपेको बोगी नै उनको एक ओभर बन्न पुग्यो ।

भुवन नगरकोटीले पोखराको हिमालयन गल्फ कोर्षमा बुधबार २ ओभर ७१ को स्कोरसँग पहिलो दिन टुग्याए । छैटौं होलमा डबल बोगी खेप्दै तनावमा देखिएको नगरकोटीले फ्रन्ट नाईनको अन्तिम होल –९) होलमा बर्डी हिर्काएपछि केही राहतको महशुस गरे । १२ औं होलमा फेरी बोगी खेल्दै शुरुवात गरेपनि अन्तिमतिर आईपुग्दा १५ र १६ औं होलमा बर्डी हिर्काउँदै स्ट्रोक बचाए । पोखरेली प्रो कमल तामाङ पनि ३ ओभर खेल्दै ७२ रमा रहेका छन् । दुई, चार र सातौंमा बोगी खेल्दै कमजोर देखिएका तामाङले व्याक नाईन भने लेभल पार खेल्दै लयमा फर्किए । फ्रन्ट नाईन नै उनको लागि खराब शुरुवाती रह्यो । १३ मा बर्डी, १४ मा बोगी, १७ मा बर्डी र १८ मा बोगी खेपे । रबि खड्का तीन ओभर ७२ खेल्दै तामाङसँगै छन् ।

डिफेण्डिङ च्याम्पियन धनबहादुर थापा भने ४ ओभर खेल्दै उत्कृष्ठ शुरुवात गर्नबाट चुके । फ्रन्ट नाईन लेभल पार खेल्दै सन्तुलनमा देखिएका उनले व्याक नाईन भने अत्यासित रुपमा चार ओभर खेल्दै पहिलो दिनको यात्रालाई विट मारे । पाँचौ होलमा बोगी खेपेका उनले छैटौं होलमा बर्डी हिर्काउँदै स्ट्रोकको जोगाए । व्याक नाईनका १०, ११ मा बोगी खेल्दै कमजोर बनेका थापाले १२ औं डबल बोगी खेप्दै तनावमा देखिए । यद्यपी १४ औं बर्डी हिर्काउँदै खेल सम्हाल्न खोज्दा फेरी १६ औं पुगेर बोगी खेपेपछि पहिलो दिन ४ ओभर ७३ को कार्डमा रहदै टुग्याए । थापासँगै रामे मगर, रामकृष्ण राजबहाक, सुर्यप्रसाद शर्मा पनि समान ४ ओभर खेल्दै पहिलो दिन टुग्याए । अर्का पोखरेली खेलाडी भुवन गुरुङ भने पाँच ओभर ७४ मा रहे । उनले १, ४, ५ र ९ होलमा बोगीको शिकार बने । १० मा बर्डी, १२ १३ मा बोगी खेपेका उनले १५मा पुगेर डबल बोगी खेप्न पुगे । १७ मा बर्डी र १८ मा पार खेले । एमेच्योर तर्फ धरानका गल्फर शुक्रराई १ ओभर ७० मा छन् । पोखराका अजित विक, जीवन राई र राहुल विक ३ ओभ ७२ को कार्डमा छन् ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा प्रो तर्फ ३३ र एमेच्योर तर्फ २५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १ लाख २० हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो स्थानमा रहेन गल्फरले ७७ हजार, तेस्रोले ५५ हजार, चौथोल ४३ हजार, पाँचौले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३०हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीको भागमा भने २५ हजार रुपैयाँ पर्ने छ । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ । होल १८ को पार ६९ को कोर्षमा बिहीबार र शुक्रबारसम्म प्रतिस्पर्धा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here