Under Featured Image in News Page

धनगढी(खेलाडी न्युज)काठमाडौं गोल्डेन्सलाई एकैखेलमा दुईपटक पराजित गर्दै धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । लिग चरणमा पराजित भएको टिम चौराहाले काठमाडौंलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । काठमाडौंले मेहन्द्रनगर युनाईटेडलाई पराजित गर्दै उपाधि भिडन्त फेरी टिम चौराहासँग पक्का भएको थियो । शुक्रबारको फाईनलमा टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै दोस्रो सस्ंकरणको रुस्लान धनगढी प्रिमियर लिग च्याम्पियन बनेको हो ।

टिम चौराहा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० बनायो । काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएपनि टिमलाई जिताउन सकेन । ३८ बल खेलेका अमित श्रेष्ठले ३ छक्का र ७ चौका प्रहार गरे । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । २७ बल खेलेका मल्लले २ छक्का र १ चौका प्रहार गरे ।

पुष्प थापा १५ रनमा शम्साद शेखको बलमा बोल्ड आउट भए । अमित र पुष्पले दोस्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । त्यसपछि ब्याटिङमा आएका मल्ल र नरेश बुढाऐरले चौथो विकेटको लागि ३६ रनको साझेदारी गर्दै टिमको इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए । नरेश बुढाऐर १९ रनमा क्याच आउट भए । सन्नी पटेल २२ रनमा बनाए । रसिद खान २ रनमा आउट भए । भुपेन्द्र थापा शुन्य रनमा आउट भए । सन्तोष भट्ट र ललित नारायण राजवंशीले ओपनर ब्याट्सम्यान सुवोध भाटी ५ रनमा आउट भए ।

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । उत्कृष्ट बलिङ गरेका ललितले ४ ओभरमा २२ रन खर्चे । रोहन मुस्ताफाले २ तथा शम्साद शेख र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल र रोहनले सम्हालेका थिए ।

सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । सोनु तामाङ शुन्य रनमा आउट भए । राजेश पुलामी शुनय रनमा क्रिजमा रहे । काठमाडौंका सुवोध भाटीले दुई विकेट लिए । सन्नी पटेलले १ विकेट लिए । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए ।

च्याम्पियन बनेको घरेलु टोली टिम चौराहा धनगढीले २५ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैया प्राप्त गर्यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सिवाइसी अत्तरियाले २ लाख रुपैया प्राप्त गरे । प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयरको उपाधि टिम चौराहाका ललित भण्डारी घोषित भए । उनले सुनको गोल्डस्टार जुत्ता पुरस्कार स्वरुप पाए । त्यस्तै प्लयेर अफ दि टुर्नामेन्टबाट रोहन मुस्तफा घोषित हुदैं २ सय सिसीको बजाज मोटरसाईकल पुरस्कार स्वरुप प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here