पोखरा(खेलाडी न्युज) दिपेन्द्रसिंह ऐरीको महत्वपूर्ण इनिंग्समा नेपालले युएई विरुद्धको टी-२० श्रृखंलाको दोस्रो खेल ४ विकेटले जित्दै सिरिज १-१ को बराबरी गरेको छ ।

कप्तान पारस खड्कालाई शुन्य रनमै गुमाएको नेपालले दोस्रो विकेटको रुपमा प्रदीपसिंह ऐरीलाई ८ रनमै गुमायो । निकै धर्मराएको नेपालले पाएको लक्ष्य पुरा गर्न निकै संघर्ष गर्यो । करण केसीले २० रन खातामा जोडेपछि केही राहतको अनुभूति गरेपनि फेरी ज्ञानेन्द्र मल्ललाई ७ रनमै गुमाएको चोट सहनु पर्यो ।

ऐरीले ४७ रनको नटआउट खेल्दै जितसम्म डोहोर्याए । उनलाई पवन सर्राफले साथ दिए । तर सर्राफ पनि १८ रनमा आउट भएपछि जितको जिम्मेवारी ऐरीको काँधमा आईपर्यो ।

यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे

१०।१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे । युएई विरुद्धको एकदिवसीय श्रृखंलामा पनि नेपालले पहिलो खेल हार्दै पछिल्लो दुई खेल जितेर श्रृखंला आफनो बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here