Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार उस्तै नजितामा बंगलादेशसँग पराजित भएको छ । टेष्ट राष्ट बंगलादेशसँगको प्रतिस्पर्धामा पोखरा रंगशालाको क्रिकेट मैदानमा १० विकेटले पराजित हुन पुग्यो । पराजयसँगै स्वर्ण पदकको अपेक्षा गरेको नेपालको सम्भावनामा ठेस लागेको छ ।

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपाल पराजित भएको छ। दोस्रो खेलमा नेपाल टेस्ट मान्याताप्रप्त देश बंगलादेशसंग १० विकेटले पराजित भएको हो। पहिलो व्याटिङ गरेको नेपाल बंगलादेशविरुद्ध ५० रनमै समेटिएको थियो। १९।२ ओभर ब्याटिङ गर्दा नेपालले १० विकेट गुमाएको थियो।

बंगलादेशको बलियो बलिङ र चुस्त फिल्डिङ सामु नेपाली महिला निरीह देखिए। कप्तान रुविना क्षत्रीले सर्वाधिक १३ रनको योगदान दिदाँ सोनु खड्काले १२ रन बनाईन् । रबाया खानले सर्वाधिक ४ विकेट लिईन् । उनले ४ ओभरमा दुई मेडन राख्दै ८ रन दिएर ४ विकेट लिएकी हुन् ।

५१ रनको लक्ष्य सहित ब्याटिङमा आएको बंगलादेशले ७।४ ओभरमा लक्ष्य भेटट्यायो। बंगलादेशले विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। खेल राउण्ड रोविनमा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here