Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-कार्तिक ९ गतेदेखि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आवश्यक मैदानको तयारी तिब्र रुपमा गरिएको छ । क्रिकेट पीच, आउट फिल्डको लेभलिङ लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । अस्याथी प्यारापिट, खेलाडीलाई पेभेलियन, बाउण्ड्री रोप, स्थायी स्कोरबोर्डको व्यवस्थापन गर्नुपर्ने काम बाँकी रहेको आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए ।

पोखरा प्रिमियर लिगमा पोखरासँगै विराटनगर, काठमाडौ, बुटवल, नेपालगन्ज र धनगढी फ्रेन्चाईज शहर हुने छन् । ६ फ्रेन्चाईज शहरले दुई विदेशी खेलाडी राख्न पाउने छ । पोखराको टिममा अनिवार्य दुई पोखरेली खेलाडीलाई राख्नुपर्ने प्रावधान छ ।

ती फ्रेन्चाईज शहरले आफनै टिम बनाउने छन् । त्यसको लागि खेलाडीलाई अक्सन(खरीदविक्री) मार्फत टिम बनाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक लामाले बताए । ‘प्रत्येक खेलाडीको ए, बी, सी र डी क्याटगोरी(बर्गिकरण) गरेर राखिन्छ ।’ उनले भने–‘त्यही अनुसार नै ती खेलाडीको मूल्य निर्धारण हुदैं टिमले खरीद गरेर राख्न सक्ने छ ।’

पुरस्कार राशी २५ लाख रुपैयाँ भन्दा बढी हुने आयोजकले दावी गरेका छन् । दुईकरोड भन्दा बढी खर्चको अनुमान गरिएको छ । टी–२० पोखरा प्रिमियर लिग कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशाला गर्ने तयारी गरिसकेको छ । क्रिकेट संघका पुर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सदस्य दिपक कोईरालाले क्रिकेट मैदान निर्माणमा आफुले पनि चासो दिएको स्पष्ट पारे । उनी स्वयं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष हुदाँ बजेट विनियोजन गराई क्रिकेटको आउटफिल्डमा माटो भर्ने काम गरेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरालाई स्र्पोटस टुरिज्म सिटी बनाउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यस्ता प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ आयाम हुने भन्दै प्रश्न मात्रै गरेर समय खर्चिन नहुनेमा जोड दिए । तस्बिर सुदर्शन रन्जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here