Under Featured Image in News Page

बाग्लुङ(खेलाडी न्युज)—धौलागिरी क्रिकेट क्लब बी टोलीलाई सात विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी आज बाग्लुङमा आयोजित पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । ३४ रनको झिनो लक्ष्य पाएको राईजिङले ५ ओभर २ बल खेल्दै पुरा गर्ने क्रममा तीन विकेट गुमायो । मनोज कोईरालाले १९ र अमृत गुरुङले ७ रन नटआउट खेल्दै जित दर्ता गर्दा बाँकी रन भने अतिरिक्त मार्फत उपहारको रुपमा आएको थियो ।

टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब बी टोलीले ३३ रनमै समेटिने क्रममा आर्दश सापकोटाले १८ रनको योगदान गरे । पाँच व्याट्सम्यान शून्यमै आउट भए । राईजिङका अमृत गुरुङ चार विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । मुकिल यादवले ३ विकेट लिए ।

दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले धौलागिरी बहिरा उच्चमावि बाङ्गेचौरलाई २५८ रनले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । पहिले व्याटिङ गर्दै प्रतियोगिताकै सर्वाधिक ३१५ रन बनाउने क्रममा विधान श्रेष्ठले ९१ , अनिल गुरुङले ८२ रनको इनिङ्स खेल्दै ३१५ रनको योगफल तयार भयो । विधानले १६ चौका र ३ छक्का हाने । अनिलले ७ चौका र ६ छक्का हानेका थिए । सुमन घिमिरेले ४८ र सुदीप पौडेलले २४ रन हिर्काउँदै सात विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गर्यो । बी चौधरीले पोखराको ३ विकेट लिएका थिए ।

३१६ रनको लक्ष्य पछ्याएको धौलागिरी बहिरा उच्चमावि ५४ रनमै अलआउट हुन पुग्यो । बहिरा उच्चमाविलाई सस्तैमा समेट्ने क्रममा पोखरा क्रिकेट क्लबका समीर सेनले ३ विकेट लिए । सेन नेपाली राष्ट्रिय क्रिकेट टोली उमेर समूह यु १६ का राष्ट्रिय खेलाडी समेत हुन् । जय शर्मा र विजय राउतले दुई दुई विकेट लिएका थिए । म्यान अफ दि म्याच भने पोखराका विधान श्रेष्ठ घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here