पोखरा(खेलाडी न्युज)=भोलि बिहीबारदेखि पोखरामा यु १९ महिला ह्याण्डबल प्रतियोगिता हुदैं छ । प्रथम हङकङ व्युटिपार्लरको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन खेल लिट्र्स प्ले ह्याण्डवल बिरुद्ध लिटिल स्टेप बिच हुने छ ।
कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा, नेपाल ह्याण्डबल संघको प्राबिधिक सहयोगमा यही मंसिर १५ गतेसम्म पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा हुने संघका जिल्ला अध्यक्ष एवं प्रतियोगिताका संयोजक क्या. जगबहादुर गुरुङले बताए ।

पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संयोजक गुरुङले जनाए । विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन। समुह ए तर्फ लिट्र्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका छन ।

उनका अनुसार विहिबार लिग चरणका ४ वटा खेल हुने भएको छ । पोखरामा हालै करिब एक करोडको लागतमा निमार्ण भएको ह्याण्डबल एकेडेमीको मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिताबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई राष्ट्रियस्तरको खेलमा समेत सहभागि गराउन सकिने भएको नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here