पोखरा(खेलाडी न्युज)-फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो खेलमा भुवन कार्कीको अर्धशतकीय पारीमा बुटवल ब्लाष्टर्सले पोखरा पल्टनलाई १५१ रनको चुनौति तेस्र्याएको छ ।

सार्कीले ४६ बलमा दुई चौका र तीन छक्का हान्दै ५४ रन जोडेपछि बुटवल ब्लाष्टर्ससले सात विकेटको क्षतिमा १५० रन बनायो । चिराग सुरीलाई ५ र सागर पुनलाई २ रनमा गुमाएको बुटवल ब्लाष्टर्सको इनिङलाई रोहन मुस्तफा र भुवन सार्कीले सम्हाले । मुस्तफाले ४५ रन बनाउने ३५ बल खेलेर तीन चौका र दुई छक्का प्रहार गरे ।

सिद्धान्त लोहनी पनि १३ बनाई आउट भए । कप्तान सोमपाल कामीले पनि आक्रामक व्याटिङ गर्ने क्रममा ८ बलमा २२ रन जोडे । उनले दुई चौका र एक छक्का हाने । उनलाई विनोद भण्डारी रन आउटको शिकार बनाए । पोखरा पल्टनका मोहम्मद नाभेदले चार ओभरमा २० रन दिएर तीन विकेट लिए । मोहम्मद आलम, ललितनाथ राजवंशी, रसिद खान र शरद भेषवाकरले एक एक विकेट आफनो नाममा लिए । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here