पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र साजसज्जा, सडक पुर्वधार एवं पार्किङसँगै अन्य पुर्वाधारको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरेको छ । खेलकुद पुर्वाधार निर्माणसँगै मर्मत सम्भार गर्नुपर्ने बजेट आईपुगेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि पार्किङ, सडक कालोपत्रेसँगै अन्य विभिन्न प्रयोजनको लागि क्षेत्रीय खेलकुद विकास समितिले ८ करोड ५८ लाख रुपैयाँको बजेट माग गरेको छ ।

व्याडमिन्टन अफिस, मिनि हल तथा जिमहलको छानामा रंगरोगन र अन्य विभिन्न हल तथा भवनमा रंगरोगन गरिने छ । त्यसको लागि १४ लाख रुपैयाँ बजेट माग गरिएको छ । रंगशाला प्रवेशद्वारबाट भित्र विभिन्न खेलस्थलसम्म पुग्नको लागि १२ हजार ५ सय बर्गमिटर पीच निर्माण एवं पार्किङको लागि समितिले परिषदसगँ १ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट माग गरेर पत्रचार गरेको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार शौचालय निर्माण गर्न ६० लाख रुपैयामा माग गरिएको छ । खानेपानी वितरणको लागि ३० लाख रुपैयाँ अनुमान गरिएको उनले बताए । पोखरा रंगशालाभित्रको ५ खेल खेलाईने छ । ती खेलको लागि आवश्यक स्टोर निर्माण गर्नुपर्ने खाँचो औल्याउँदै समितिले ५० लाख रुपैयाँ अनुमानसहितको बजेट पठाउन पत्रचार गरेको छ ।

फुटट्रयाक निर्माण गर्न २० लाख र फुटपाथ निर्माण गर्न १ करोड रुपैयाँ अनुमान गरिएको छ । त्यसबाहेक विजुली तथा सडक बत्ती जडान गर्न २५ लाख रुपैयाँको अनुमान गरिएको छ । टेलिफोन र इन्टरनेट सेवाको लागि ५ लाख रुपैयाँ राखिएको छ । विभिन्न ५ खेलको लागि रिर्पोटिङ गर्न आउने विदेशी पत्रकारलाई हाईस्पीड इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने छ । मिडिया सेन्टरमा इन्टरनेट सेवा उपलब्ध हुनुपर्छ । ग्रिनरी, फुल तथा बोटविरुवाको लागि पनि समितिले ५० लाख रुपैयाँ माग गरेको छ । समितिका अध्यक्ष सम्पन्न श्रेष्ठकै पहलमा पोखरा रंगशाला प्रवेशद्वारदेखि १ सय मिटर दक्षिण तर्फ सडकसँगै जोडिएको स्थानमा ओमबुद्ध नर्सरीको प्राविधिक सहयोगमा ग्रिनरी अभियान शुरु गरिसकिएको छ ।

पोखरा रंगशाला प्रवेश गर्न विभिन्न ६ वटा गेट छन् । ती गेटहरु मर्मत सम्भार गर्नुपर्ने खाँचो छ । मर्मत सम्भार गर्नुपर्नेमा जोड दिदैं समितिले १० लाख रुपैयाँ अनुमान गरेको छ । रंगशालाभित्रको अपराधिक गतिविधिदेखि चोरी नियन्त्रण गर्नको लागि सिसी २५ लाख रुपैयाँ माग गरेको छ । बजेट अनुसार पोखरा रंगशालाभित्र हुने खेलसँगै अन्य गतिविधिलाई निगरानी राख्न सकिने छ । मेट गेट अगाडि स्ल्याब निर्माण गर्ने योजना बनाएको समितिले ३० लाख रुपैयाँ बजेट माग गरेको छ । स्ल्याब राखेर दर्शकको सवारी पार्किङ गर्न सकिने दावी समेत गरेको छ । कन्फ्रेन्सहल, रिक्रियसनल हल, इन्र्फमेसन सेन्टर, कार्यकारी बैठक कक्ष र अफिस कोठा(सेभ दि मिसिन) निर्माण गर्ने २ करोड रुपैयाँ प्रस्ताव गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगीले बताए ।

भौतिक पुर्वाधार निर्माण गर्नुपर्ने प्यारग्लाईडिङको लागि चेन्जिङ रुम, शौचालय निर्माण, उडान र अवतरण स्थनलको निर्माण लगायतको लागि ४४ लाख रुपौयँ अनुमान गरिएको छ । चेन्जिङ रुम र शौचालयलाई २५ लाख तथा उडान र अवतरण स्थलको लागि १५ लाख रुपैयाँ अनुमान गरिएको हो । त्यसैगरी ट्रयाथोलन भेन्यु निर्माण गर्न १५ लाख रुपैयाँ अनुमान गरिएको छ । ट्रायथोलन फेवाताल किनार बसुन्धरा पार्कमा चेन्जिङ रुम निर्माण गर्ने योजना छ । यद्यपी ठोस निर्णय भने ट्रायथोलन संघ नै गर्ने जनाइएको छ । पोखराको सभागृह हलमा आयोजना गरिने भारोत्तोलनको लागि १५ लाख रुपैयाँ माग गरिएको छ । स्टेज तथा रंगरोगनको लागि १५ लाख रुपैयाँ मागिएको हो । र्आचरीको लागि भने २५ लाख रुपैयाँ मात्रै अनुमान गरिएको छ । र्आचरीलाई ९० लाख रुपैयाँ माग यस अघि गरिएपनि टायल हाल्ने, रंगरोगन लगायतका काम गर्न उक्त बजेट माग गरिएको कार्यालय प्रमुख योगीले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here