पोखरा(खेलाडी न्युज)-चार मध्ये तीनजना पाईलटले टास्क पुरा गरेपछि प्याराग्लाइडिङमा पदकको आशा बढेर गएको छ । चौथो राउण्डको नजिताले नेपाल दोस्रो स्थानमा उक्लिदै पदकको सम्भावना प्रबल बनेको छ ।

मंगलबारको ३१ किलोमिटरको टास्क विमल अधिकारी, शुशिल गुरुङ र युकेश गुरुङले पुरा गर्दै महत्वपूर्ण अंक जोडेपछि चौथो दिनको समाप्तीमा कुल ८५९१ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो । दोस्रो दिन खराब मौसमले टास्क पुरा गर्न नसक्दा कमजोर देखिदै गएको नेपाली टिमले तेस्रो र चौथो राउण्डमा भने उत्कृष्ठ प्रदर्शन दोहोर्याए । अन्तिम दिन बुधबारको टास्कले पदकको टुंगो लाग्ने छ । चौथो दिनको टास्क पुरा गर्दा नेपालले २७९८ अंक जोड्यो । समग्रमा दोस्रो स्थानमा रहदै १८ औं एशियाडमा पदकको सम्भावना बढेको प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईले बताए ।

प्रशिक्षक भटट्टराईका अनुसार इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा चौथो दिन नेपाली टोलीका कप्तान विमल अधिकारीले ८६१, विशाल थापाले ८७०, युकेश गुरुङ ८०२ र शुशिल गुरुङ २६५ अंक जोडे । ‘सबै खाली हात फर्केका छन् ।’ अफिसियल सानोबावु सुनुवारले भने–‘प्याराग्लाइडिङले क्रसकन्ट्रीमा पदक ल्याउने सम्भावना छ ।’

प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा भने चौथो राउण्डको समाप्तीसम्म आइपुग्दा जापान शीर्षस्थानमै रहेको छ । चौथो दिनको ३१ किलोमिटर टास्कमा समेत ३२९८ अक जोड्दै अग्रतालाई अझ फराकिलो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाल भन्दा झण्डै ८ सय अंक बढी छ । कोरिया तेस्रो स्थानमा छ । कोरियाले मंगलबारको चौथो राउण्डमा २१९२ अंक जोड्यो । समग्रमा ८ हजार अंक छ । कोरिया नेपाल भन्दा ५९१ नम्बर कम छ । यसले पदकको सम्भावनलाई जिवितै राखेको छ । आयोजक इण्डोनेसिया भने चौथो दिन खराब प्रदर्शन गर्दा चौथोस्थानमा झर्न पुगेको छ । चौथो राउण्डमा १२७२ अंक जोडेको इण्डोनेसिया पदकको आशा कमजोर बन्दै गएको छ ।

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here