पोखरा(खेलाडी न्युज)-शनिबार । फुर्सदको दिन । अन्य दिनको भन्दा उल्लेख्य दर्शक थिए । भर्खरै निर्माण गरिएको प्यारापिट । नेपाल र भारत बीचको खेल हेर्न दर्शको उपस्थितिले फुटबलको मोहलाई झल्काईदिएको थियो । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत शनिबार महिला फुटबल प्रतिस्पर्धा चलिरहेको थियो ।
दर्शकको उपस्थितिसँगै हौसला प्रदान गर्न उफ्रिदा सार्वजनिक रुपमै अभिव्यक्ति दिनुपर्ने परिस्थिति सृजना हुन पुग्यो । सार्वजनिक अभिव्यक्तिले भने निर्माणाधिन प्यारापिटको गुणस्तरीयताप्रति प्रश्न चिन्ह उब्जाईदिएको थियो । राष्ट्रियप खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले माईकिङ मार्फत दिएको सार्वजनिक अभिव्यक्तिले प्यारापिट गुणस्तर नभएको संकेत गरेको छ ।

‘प्यारापिट भर्खरै निर्माण गरिएको हो । दर्शकहरु प्यारापिटमा उभिएर नबस्नुहोला । नउफ्रिनुहोला । दुर्घटना भएमा जवाफदेही हुने छैनौं ।’ फुटबलको मध्यान्तरमा बोर्ड सदस्यले माइकिङ मार्फत सार्वजनिक अभिव्यक्ति दिए । जतिबेला दर्शकले नेपाली खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउँदै उफ्रिएका थिए । उनले त्यतिमात्रै भनेनन । मेडिकल टिमलाई समेत आपेक्ष लगाए । फुटबल टिममा कार्यरत मेडिकल टिम वा १३ औं दक्षिण एशियाली खेलकुदको लागि राखिएको मेडिकल टिमको बारेमा भनेका हुन् त्यो भने दर्शकले मेसो पाएनन् ।

सागमा महिल फुटबल प्रतियोगिता हुन्छ कि हुन्न भन्ने अन्यौल थियो । मैदानसँगै प्यारापिट तयार भएको थिएन् । मैदान र प्यारापिट सागको औपचारिक शुरु हुन भन्दा अघिल्लो दिनसम्म काम गरिएको थियो । प्यारापिट पनि डेढसाता अघि नै जडान गरिएको थियो । उदघाटन समारोहमा भीआईपी प्यारापिटका सिटहरु लच्किएका थिए । अर्को दिन कसेपछि व्यवस्थित गरिएको थियो ।

स्टिल मोडुलर सिष्टमको प्यारापिट फ्रान्सबाट मगाईएको हो । बोर्ड सदस्यको अभिव्यक्तिले गम्भीर प्रश्न उठाईदिएको छ । दर्शकले देशको समर्थन होस या आफनो मनपर्ने टिम । हौसला थप्न हुटिङ गर्छन् । दर्शकको अपार समर्थन पाएपनि नेपाल भारतसँग १–० गोलले पराजित हुन पुग्यो । यद्यपी सोमबार नेपालले भारतसँग स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छ । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here