Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-प्रदेश नं ५ पोखरामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीबार पोखरा रंगशालास्थित आर्चरी मैदानमा भएको फाईनलमा प्रदेश नं ५ ले नेपाल आर्मीलाई १–० गोलले पराजित गदैै दोस्रो संस्करणको उपाधि आफनो बनाएको हो । उपाधिसहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित भएको नेपाली सेनाको त्रिभूवन आर्मीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विहीबार भएको उपाधि भिडन्तमा ५ नम्बर प्रदेशले रोमाञ्चक जित हात पा¥यो । ५ नम्बर प्रदेशबिरुद्ध सँधै हाबी हुँदै आएको आर्मी अन्तिम समयसमा गोलको सामना गर्दै उपविजेतामा चित्त बुझायो । प्रदेश नं ५ सुशी कुमारीले ५६ औं मिनेटमा निर्णायक गोल गरिन् ।

फाइनल खेलकी निर्णायक गोलकर्ता सुशीकुमारी भारतीय भएको भन्दै त्रिभूवन आर्मीले उजुरी गरेको थियो ।  खेल सकिने वित्तिकै आर्मीले उजुरी दिएको हो । तर आयोजक नेपाल हक्की संघले भने आर्मीले आयोजकलाई नभई कास्की जिल्ला हक्की संघलाई उजुरी दिएकोले त्यसप्रति कुनै सुनुवाई गर्नुपर्ने कारण नभएको उल्लेख गर्यो । आयोजकको निर्णयप्रति आर्मीले भने असन्तुष्टी जनाएको छ । उसले खेल बहिस्कार गर्ने भनेपनि नेपाली सेनाका पृतनापतिले पुरस्कार बुझ्न निर्देशन दिएपछि उपबिजेताको पुरस्कार थाप्यो । तर राष्ट्रिय खेलकुद परिषद र नेपाल हक्की संघमा पुनः उजुरी हाल्ने आर्मीले बताएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तृतीय स्थान हासिल ग¥यो । सुदूरपश्चिमले आयोजक गण्डकी प्रदेशलाई २ का बिरुद्ध ४ गोलले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । तृतीय भएको सुदूरपश्चिम प्रदेशले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा ५ नम्बर प्रदेशकी सुशी कुमारी सर्बोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै सर्बाधिक गोलकर्तामा गण्डकी प्रदेशकी देविका विक, उत्कृष्ट गोलकिपरमा सुदूरपश्चिम प्रदेशकी करुणा दर्लामी र उदीयमान खेलाडीमा गण्डकी प्रदेशकी सोनु बराल घोषित भईन् । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सांसद तथा लेखा समिति सभापति कुमार खड्का, नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का, खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here