प्रिमियर लिगमा सर्वाधिक मूल्यमा ट्रान्सफर खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


एजेन्सी-केही दिन अघि मात्रै हामीले प्रिमियर लिगमा उत्कृष्ट ट्रान्सफरलाई समाचारको रुपमा प्रेसित गर्यौं । गत अंकमा ५१ देखि १०० मध्ये केही खेलाडीको मात्रै समावेश गरेर समाचार प्रकाशित गरेका थियौं । अहिले फेरी प्रिमियर लिगको २८ सिजनमा आईपुग्दा अल टाईम उत्कृष्ट ट्रान्सफरलाई फेरी समाचारको रुपमा प्रस्तुत गर्दै छौं । अहिले् १ देखि ५० सम्मका खेलाडी मध्ये केहीको मात्रै समावेश गरिएको छ ।

थिएरी हेनरी-फ्रान्सेली खेलाडी हेनरी कुनै समय सबैभन्दा खतरा स्ट्राकरको रुपमा थिए । फ्रान्सलाई सन १९९८ को विश्वकप र २००० को युरोकप जिताएउन निकै महत्वपूर्ण खेलाडीको रुपमा थिए । युभेण्टसबाट सन १९९९ मा आर्सनल आईपुगेका हुन् । १४।५ मिलियनमा उनलाई भित्र्याएको थियो । उनी आफनो समयका सबैभन्दा प्रभावशाली स्ट्राईकर हुन् । उनले लिग सिजन २००२९०३ मा २४ गोल गर्दै २० गोलको अवसर सृजना गरिदिएका थिए । उनले आर्सनलमा आठ सिजन विताए । ३० गोल गर्दै युरोपियन गोल्डेन बुटको हकदार समेत भए ।

फ्रन्यांक लाम्पार्ड -इग्ल्याण्डी खेलाडी लाम्पार्ड मिडफिल्डका निकै भरपर्दा खेलाडी हुन् । वेष्ट ह्यामबाट सन २००१ चेल्सी सरुवा हुदाँ १४।४ मिलियनमा आएका थिए । उनले चेल्सीमा १३ वर्ष विताए । चेल्सीले युरोपा लिग र च्याम्पियन्स लिग जित्दा महत्वपूर्ण खेलाडी थिए । तीन प्रिमियर लिग उपाधि र चार एफए कपको उपाधि उचाल्दै आफनो चेल्सीको समयलाई अविस्मरणीय बनाएका थिए ।

सर्जियो अगुईरो -अर्जेन्टिनियन खेलाडी अगुईरो क्लबका लागि निकै क्लिनिकल्ली गोल स्कोरर समेत हुन् । एथलेटिको मड्रिडबाट सन २०११ मा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमा आवद्ध भएका हुन् । ३६ मिलियनमा भित्रिएका उनले प्रिमियर लिगमा छवि देखाईसकेका छन् । १८० गोल गरेका छन् । जुन प्रिमियर लिगमा ऐतिहासिक हो । लिगको २६१ खेलमा उनको यो सफलता प्राप्त गरेका हुन् । उनले १९ हजार १८२ मिनेट सिटीको लागि खेलेका छन् ।

इडेन हाजार्ड-यसै सिजनमा मात्रै रियल मड्रिड पुगेका हाजार्ड यसअघि चेल्सीमा थिए । लिलेबाट सन २०१२ मा उनी चेल्सी आउदाँ ३१।५ मिलियन खर्चिएको थियो । चेल्सीमा रहदाँ उनले च्याम्पियन्स लिग भने जित्न सकेनन् । यद्यपी स्टामफोर्ड ब्रिजमा उनले दुई प्रिमियर लिग, दुई युरोपा लिग, एफए कप तथा लिग कपको विजेताको हकदार भने भएका थिए ।

वायने रोनी -इग्ल्याण्डका महत्वपूर्ण खेलाडी हुन रोनी । एभर्टनबाट सन २००४ मा म्यानचेष्टर युनाईटेडमा आउँदा ३३।३ मिलियनको बोली उनीमाथि लागेको थियो । सन २००४ मा उनी युवा खेलाडीको रुपमा परिचित थिए । १६ वर्षको उमेरमै उनले आर्सनल विरुद्ध गोल गर्दै सनसनी मच्चाएका थिए । उनको म्यानचेष्टर डर्बीमा भएको प्रतिस्पर्धामा हानेको बाईसाइकल गोल अहिले पनि निकै चर्चामा रहने गर्छ ।

क्रिष्टियानो रोनाल्डो-पोर्चुगिज प्लेयर रोनाल्डो आधुनिक पुस्ताका सर्वकालिन महान खेलाडीको सूचीमा छन् । मेस्सी र उनको सधैं महान को भन्ने प्रश्न उठ्दै आएको छ । सन २००३ मा उनी म्यानचेष्टर युनाईटेड भित्रिएका हुन् । पोर्चुगल क्लब स्र्पोटिंग लिम्बोनबाट व्यावसायिक करियर शुरु गरेको उनी युनाईटेड आउन १७।१ मिलियन खर्चिएको थियो । ६ सिजन विताएर उनी सन २००९ मा रियल मड्रिड पुगे । रियलले उनलाई भित्र्याउन ७० मिलियन खर्च गरेको थियो । रियलमा उनले च्याम्पियन्स लिग चार पटक लिग जितेका थिए । अहिले युभेण्ट्समा आवद्ध छन् ।

ड्रिडियर ड्रोग्बा-आइभरी कोष्टका महान खेलाडी हुन ड्रोग्बा । कुनै समय आन्तरिक युद्धमा फसेको कोष्टलाई फुटबलमै माध्यमबाट युद्धरहित बनाउन प्रेरित गरेका थिए । मार्सेलीबाट सन २००४ मा चेल्सी आईपुग्दा ३४।७ मिलियन खर्चिएको थियो । उनले सन २००२९०३ मा १७ गोल गरेका थिए लिग १ मा । सन २००९९१० मा प्रियिमर लिगको उपाधि उचाल्दा उनको लय निकै राम्रो थियो, ३१ वर्षको उमेरमा । जतिबेला उनले ३७ गोल गरेका थिए ।

रियो फर्डिनाण्ड -इग्ल्याण्डी खेलाडी फर्डिनाण्ड कुशल डिफेण्डर हुन् । लिड्सबाट सन २००२ मा ४१।४ मिलियनमा म्यानचेष्टर युनाईटेड प्रवेश गरेका हुन् । युनाईटेडमा उनले १२ वर्ष बिताए । १२ वर्षको दौरानमा उनले एफए कपको फाईलन मिस गरे । लागुऔषध सम्बन्धी छानविनको उनी छ महिना प्रतिबन्धमा परेका थिए । उनले आफना समयमा च्याम्पियन्स लिग, दुई लिग कप र ६ वटा प्रिमियर लिगको उपाधि जित्न सफल भएका थिए ।

डेविड सिल्भा -स्पेनिस खेलाडी सिल्भा भ्यालेसिन्याबाट सन २०१० मा म्यानचेष्टर सिटीमा आवद्ध भएका हुन् । २५।९ मिलियनमा भित्रिएका थिए ।
गारेथ बेल -बेल्सका प्रभावशाली खेलाडीको रुपमा रहेका बेल अहिले रियल मड्रिडमा छन् । तर उनको पछिल्लो समय प्लेईङ ११ मा पर्न निकै संघर्ष गरिरहेका छन् । सन २००७ मा साउथह्यामटनबाट १३.२ मिलियन पाउण्डमा टोटनह्याम पुगेका उनी सन २०१३ मा भने रियल मड्रिड पुगे । रियलले उनको लागि किर्तिमानी मूल्य ९० मिलियन पाउण्ड खर्चिएको थियो ।
मोहम्मद सलाह-प्रिमियर लिगमा सर्वाधिक सफल खेलाडीको रुपमा रहेका मोहम्मद सलाह सन २०१७ देखि लिभरपुलमा आवद्ध छन् । इटालियन क्लब एसएस रोमाबाट उनी लिभरपुलमा आउँदा ३७.८ मिलियन खर्चिएको थियो । उनी लिभरपुलका महत्वपूर्ण खेलाडी हुन् ।
लुईस स्वारेज-सन २०११ म एजाक्सबाट २३.९ मिलियनमा लिभरपुल भित्रिएका थिए उरुग्वेयन फरवार्ड स्वारेज । अहिले बार्सिलोनामा छन् । बार्सिलोनामा उनी मेस्सीसँग सहकार्य गरिरहेका छन् । लिभरपुलमा रहदाँ उनको सबैभन्दा उत्कृष्ट सिजन भनेको सन २०१३–१४ को थियो । जहाँ उनले ३३ खेलमा ३१ गोल गरेका थिए । बार्सिलोनाले उनलाई ७३.६ मिलियनमा भित्र्याएको थियो ।
भर्जिल भान डाईक-प्रिमियर लिगमा सबैभन्दा उत्कृृष्ट डिफेण्डर नै डाईक हुन भन्दा फरक नपर्ला । सन २०१८ मा लिभरपुलमा आवद्ध भएका हुन् । उनकै प्रेरणादायी खेलमा लिभरपुलले सिजन २०१९ मा च्याम्पियन्स लिग जितेको थियो । डाईक साउथह्यामटनबाट ७६.२ मिलियनमा भित्रिएका थिए । लिभरपुलमा उनको साढे दुई सिजन मात्रै भएको छ ।
माईकल कार्रिक –स्पर्सबाट सन २००६ मा म्यानचेष्टर युनाईटेड भित्रिएका माईकल आफनो समयका उत्कृष्ट खेलाडी हुन् । २४.५ मिलियनमा युनाईटेड प्रवेश गरेका उनले १२ सिजन बिताए । उनले १० वटा मुख्य ट्रफिज जितेका थिए ।
रुडभान निस्टोलरोय-सन २००१ मा पिएसभीबाट २५.७ मिलियनमा म्यानचेष्टर युनाईटेड भित्रिएका थिए । युनाईटेड भित्रिनु अघि रोयले ५७ खेलमा ६० गोल गर्दै आफनो स्टाईकिङ क्षमता प्रदर्शन गरेसँगै सर एलेक्स फर्गुसनको आखाँमा परेका थिए । युनाईटेडमा उनले ९५ गोल गरेका थिए । उनी प्रिमियर लिगमा पाँचौ स्ट्राईकर हुन जसले लिग सिजनमा २० गोल गरेका थिए ।
फिलिम काउटिन्हो -सन २०१३ मा लिभरपुल आएका काउटिन्हो कुनै समय सफलता चुुम्न अग्रसर थिए । सन २०१४–१५ र २०१५–१६ को सिजन निकै उत्कृष्ट थियो । तर उनले सिंगल उपाधि समेत जित्न सकेनन् । लिभरपुलमा रहदाँ प्रभावशाली प्रदर्शन गरिरहेका उनी बार्सिलोनामा १३०.५ मिलियन युरोमा गएका थिए । उनी गएसँगै लिभरपलुलले एलिसन र भर्जिल भना डाईकलाई आवद्ध गरेको थियो ।
एलन शेरर-सन १९९६ का सबैभन्दा प्रतिभाशाली फरवार्डका रुपमा रहेको थिए एलन शेरर । ब्ल्याक बर्नबाट १८.९ मिलियनमा न्यु क्यासलमा आवद्ध भएका थिए । तत्कालिन समयमा विश्व किर्तिमानी मूल्यमा न्युक्यासलले भित्रएको थियो । उनले क्लब रहदाँ १३ प्रिमियर लिग मध्ये ८ वटा जितेका थिए ।
फर्नान्डिन्हो -ब्राजिलियन खेलाडी फर्नान्डिन्हो सन २०१३ मा सख्तरबाट म्यानचेष्टर सिटीमा अवद्ध भएका थिए । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फर्नान्डिन्हो १० पोजिसनसम्म खेल्न सक्ने खेलाडीको रुपमा अभिव्यक्ति दिएका थिए । सख्तरबाट सिटीमा आउन ३६ मिलियन खर्चिएको थियो ।
केभिन डी ब्रुने -वल्र्फबर्गबाट सन २०१५ मा म्यानचेष्टर सिटीमा आवद्ध भएका ब्रुने बेष्ट प्लेयरको रुपमा रहेका थिए । सिटीमा रहदाँ दुई प्रिमियर लिग उपाधि जिते । एफए कप अनि चारवटा लिग कप जित्दा उनी महत्वपूर्ण खेलाडी थिए । पाँच सिजन विताएका छन् ।
याया टुरे-म्यानचेष्टर सिटीका महत्वपूर्ण खेलाडी हुन याया टुरे । सन २०१० मा बार्सिलोनाबाट २७ मिलियनमा उनी भित्रिएका थिए । त्यतिबेला प्रिमियर लिगमा हाईयष्ट पेड खेलाडीको रुपमा थिए । टुरे सिटीमा सन २०१३-१४ को सिजनमा २० गोल गरेका थिए । सन २०११ मा एफए कपको उपाधि उनको सिटीका लागि पहिलो उपाधि थियो ।
क्लाउडे माकेलेले -सन २००३ मा रियल मड्रिडबाट क्लाउडे चेल्सीमा आवद्ध भएका हुन् । १८ मिलियनमा भित्रएका क्लाउडे चेल्सीको मिडफिल्ड सम्हाल्दै आएका थिए । उनले चेल्सीमा पाँच सिजनमा जोसे मोरिन्होले चेल्सी सम्हाले लगत्तै प्रिमियर लिगको उपाधि उचाल्यो । एफए र लिग कप समेत उचाल्यो । ी
जावी एलोन्सो -रियल सोसिडाडबाट सन २००४ मा लिभरपुल भित्रिन १४.४ मिलियन खर्चिएको थियो । स्पेनिस मिडफिल्डलाई लिभरपुलका तत्कालिन प्रशिक्षक राफा बेनेजिटले सिजनमा पहिलो साईन गराउँदै क्लब भित्रएका थिए । अहिले जावी रियल मड्रिडमा छन् । बनेटेजले नै उनलाई रियललाई ३१.१ मिलियन युरोमा बेचेका थिए । लिभरपुलमा रहँदा स्टेफन जेरार्डसँग सहकार्यमा थिए ।
रहिम स्टरलिङ-लिभरपुलबाट सन २०१६ मा रहिम म्यानचेष्टर सिटी गएका हुन् । ५७.३ मिलियनमा भित्रिएका २५ वर्षिय उनले सिटीमा पाँच सिजन विताए । सिटीमा रहदाँ नयाँ किर्तिमान राख्ने लक्ष्यमा छन् । क्लब इतिहासमा लेजेण्ड्री प्लयेरको रुपमा रहने विश्वास समेत गरिएको छ ।
डियागो कोष्टा-एथलेटिको मड्रिडबाट सन २०१४ मा चेल्सी भित्रिएका कोष्टा फेरी एथलेटिको मड्रिडमै फर्र्किसकेका छन् । ३४.२ मिलियनमा चेल्सी आएका उनी आक्रामक स्ट्राईकर समेत हुन् । उनले चेल्सीमा केवल साढे तीन सिजनमात्रै विताए । एन्टोनियो कान्टे आएपछि कोष्टालाई रिर्जभको रुपमा रहेका थिए । पछि उनी ५९.४ मिलियन युरोमा मड्रिड नै फर्किएका थिए ।
सादियो माने -साउथ ह्यामटनबाट सन २०१६ मा लिभरपुल भित्रिएका थिए माने । ३७.१ ीमलियनमा भित्रिएका उनले क्लबको लागि आफनो छवि देखाईसकेका छन् । उनकै प्रेरणादायी खेलमा च्याम्पियन्स लिग जितेको थियो ।