पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रदेशस्तरीय छनोट खेल भने पोखरामा फागुन ४ गतेदेखि शुरु हुने छ । फागुन ४ गते उदघाटनसँगै फागुन २५ गते समापन गर्दै ३५ खेलमा प्रदेशस्तरीय खेलाडी छनोट गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थल नेपालगन्ज प्रस्थान गरिने छ ।

३५ खेल मध्ये अधिकांश छनोट खेल कास्कीमै गरिने छ । केही खेल भने गण्डकी प्रदेशकै अन्य जिल्लामा आयोजना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । उनका अनुसार पुरुष फुटबल पोखरामा आयोजना गरिने छ । फागुन ३ देखि ९ गतेसम्म पोखरा रंगशालामा फुटबलको छनोट गरिने छ ।

त्यसैगरी महिला फुटबल पनि पोखरामै ४ देखित ७ गतेसम्म आयोजना गरिने छ । एथलेटिक्स इभेण्ट पनि पोखरामै छनोट गरिने परिपत्र राष्ट्रिय खेलकुुद परिषदले परिपत्र गरिसकेको छ । बक्सिङ भने फागुनको २१ गतेदेखि २५ गतेसम्म पोखरामै आयोजना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । भारोत्तोलनको छनोट भने बाग्लुङ जिल्लामा गरिने छ । फागुन ८ गते एकै दिनमा छनोट गरिने छ ।

टेवल टेनिस, पुरुष क्रिकेटको छनोट पोखरामै गरिने तय गरिएको छ । तेक्वान्दो खेल भने म्याग्दीमा अन्तिम छनोट गरिने खेलकुद विकास समितिले जनाएको छ । महिला क्रिकेटको भने स्वतह छनोट हुने छ । कब्बडीको महिला तथा पुरुष, खो खोको महिला तथा पुरुषको छनोट गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपुरमा आयोजना गरिने छ । कब्बडी फागुन १९ देखि २१ र खो खो भने फागुनको २० र २१ गते छनोट गरिने जनाइएको छ ।

उसु भने चितवनमै हुने छ । महिला तथा पुरुषको बास्केटल छनोट भने कास्कीमा गरिने छ । बास्केटबल भने फागुनको २२ गतदेखि २५ गतेसम्म गरिने तालिका सार्वजनिक गरिएको छ । व्याडमिन्टन खेल भने म्याग्दीमा आयोजना गरिने छ । फागुन ९ देखि १२ सम्म सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगीले जानकारी दिए । तनहुँमा भने फागुन १६ देखि १८ गतेसम्म कराँतेको छनोत गरिने छ ।

कास्कीमा बुद्धिचाल फागुन १५ देखि १७ सम्म र महिला तथा पुरुष ह्याण्डबल भने २३ देखि २५ गतेसम्म छनोट गरिने छ । लन टेनिस भने कास्कीमै छनोट गरिने छ । फागसन ४ देखि ७ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गरिने छ । पौडी पनि कास्कीमा गरिने तालिका छ । पौडी २४ देखि २५ गतेसम्म आयोजना गरिने तालिका दिइएको छ । फागुन ८ गते बाग्लुङमा सुटिङ छनोट आयोजना गरिने छ ।

फागुन ४ देखि ६ गतेसम्म आईटिएफ तेक्वान्दो कास्कीमै छनोट गरिने छ । सेपाकताक्रो, जिमन्याष्टिक, फुल कन्ट्याक्ट कराँते र स्क्वास कास्कीमा छनोट प्रतियोगिता सञ्चालन गरिने छ । सेपाकताक्रो फागुन ६ गते, जिमन्याष्टिक फागुन २५ गते, फुलकन्ट्याक्ट कराँते फागुन ४ र ५ गते,फागुनको २४ र २५ गते स्क्वासको छनोट गरिने छ। हक्की स्वतह छनोट हुने छ । शारीरिक सुगठन भने सिधै राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको छ । साईक्लिङ,कुस्ती, फेन्सिङ,ट्रायथोलन, प्याराग्लाइडिङ, गल्फ र सफ्ट टेनिस भने संघबाट स्वत छनोत गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here