पोखरा(खेलाडी न्युज) -अखिल नेपाल फुटबल संघ(एन्फा)ले झण्डै दशदिनको समय लगाएर कास्की जिल्ला फुटबल संघमाथिको छानविन टुग्याएको छ । छानविन समितिले आफनो सुझावसहितको राय रिपोर्टमा समावेश गरेपछि छानविनले विट मार्ने छ ।

दुईवर्षको सम्पूर्ण हिसाबकिताब हेर्ने गरी छानविन टोलीले छानविन शुरु गरेको थियो । तर बीचैमा छानविन समितिले मनकामना केवलबार पोखरा कप तथा फुटबल संघद्वारा सञ्चालित एकेडेमीको मात्रै आयव्यय विवरणको अनुसन्धान गरेको थियो । छानविन समितिले मनकामना केवलकार पोखरा कप, जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, एकेडेमी सञ्चालनको आयव्यय विवरण, छात्र तथा छात्रा विद्यालयस्तरीय फुटबल प्रतियोगिता लगायतका गतिविधिको हिसाबकिताबको विवरण पेश गर्न कास्की जिल्ला फुटबल संघलाई परिपत्र गरेको थियो ।

छानविन समितिले गरेको अनुसन्धान अनुसार संघले बुझाएको मनकामना केवलकार पोखरा कपको आयव्यय विवरण अनुसार झण्डै ३० लाख रुपैयाँ तिर्नुपर्ने(ऋण) रकम देखिन्छ । ‘सबै विवरण अनुसार छानविन टुंगिएको छ । छानविन समितिको आन्तरिक छलफलपछि फुटबल संघका पदाधिकारीसँग बैठक बसेर रिपोर्ट तयार हन्छ ।’ स्रोतले भन्यो–‘शनिबार टुग्याउने गरी संघसँग छलफल र आन्तरिक छलफल गरी रिपोर्ट तयार गरेपछि एन्फामा पेश हुने छ ।’

छानविन समितिले मनकामना केवलकार पोखरा कपको माइन्युट अनुसार खर्चको विवरण मागेको थियो । अधिकांश माइन्युट नभएको स्वयं फुटबल संघका पदाधिकारी नै स्वीकार्छन् । यद्यपी विल बनाई छानविन समितिलाई खर्चको विवरण पेश गरिएको थियो । खर्चको विवरणको कतिपयको भरपाई समेत गरिएको छैन् । भरपाई नै नगरी गरिएको खर्चको विवलाई छानविन समितिकै अगाडि कास्की जिल्ला फुटबल संघका पदाधिकारी एवं सदस्यले हस्ताक्षर गर्दै सदर गरेका छन् । ।

छानविन समितिले संघले सञ्चालन गरेको एकेडेमीबाट समेत डेढलाख जति बचत देखिएको जनाएको छ । ‘एकेडेमी सञ्चालन गर्दा रकम बचत देखिएको छ । बचत कागजीरुपमा मात्रै हो या बैंकमै मौज्दात छ त्यो भने भन्न सकिने अवस्था छैन्’ स्रोतले भन्यो–‘खातामा भए ठिकै छ । नभए कागजी रुपमा बचत देखिन्छ ।’ छानविन समितिले मनकामना केवलकार पोखरा कप र एकेडेमीको सम्पूर्ण विवरण अनुसन्धानपछि रिपोर्ट लेखेरै एन्फालाई बुझाईने छ ।

अखिल नेपाल फुटबल संघले दुई वर्षअघिको आयव्यय अहिले हेर्न पुगेको छ । कुनैपनि संघले फुटबल गतिविधि गरेको बढीमा ६ महिनाभित्रमा सम्पूर्ण विवरण पेश गर्नुपर्ने प्रावधान हुन्छ । एन्फाले कास्की जिल्ला फुटबल संघमाथि आयव्यय विवरणसििहत वार्षिक प्रतिवेदन बुझाउन ताकेता गरोके भए संघमा यस्तो बेथिति नदेखिने फुटबलकर्मीहरु बताउँछन् । नियमित माईन्युट नगर्नु, मनोमानी रुपमा चल्नु÷चलाउनु र सम्बन्धित संघसंस्थालाई भुक्तानी भए नभएको यकिन विवरण राख्न नसक्नुले सर्वसाधारण एवं फुटबलप्रेमी सहयोगीहरु माझ संघप्रतिको विश्वास गुम्दै गएको छ । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष बीरबहादुर खड्कको संयोजकतवमा गठित छानविन समितिमा विष्णुप्रसाद पराजुली(अडिटर) र कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष आनन्द रन्जित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here