लण्डन(एजेन्सी)-भेट्रान टेनिस खेलाडी रोजर फेडेररलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै जर्मनीका अलेक्जण्डर जार्भ एटिपी टेनिसको फाईनलमा प्रवेश गरेका छन् । उनले अब उपाधिको लागि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचसँग खेल्ने छन् ।

पहिलो सेटमा जार्भले ७-५ ले लिए । आफनो सर्भिस प्वाइन्ट मात्रै लिर्दै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको खेलमा ५-५ को अवस्थामा जार्भले आफनो सर्भिस अंक जोड्दा फेडेरेररको सर्भिस प्वाइन्ट बे्रक गर्दै पहिलो सेट लिन पुगे । दोस्रो सेट समेत ६-६ को अवस्थामा थियो । टाईब्रेकमा अन्तिम दुई प्वाईन्ट गुमाएपछि जार्भले ७-६(७-५)मा लिदैं फाईनल सुरक्षित बनाए । जार्भको सर्भिस फेडेरेरको भन्दा तिब्र गतिमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here