धन बस्नेत, पोखरा-सन १९९८ मा विश्वकप जित्दा फ्रान्सका कप्तान थिए डिडियर डेसच्याम्पस । उनैको प्रशिक्षकत्वमा रहेको फ्रान्सले २० वर्षपछि विश्वकपको २१ औं सस्करणको उपाधि रसियाबाट उचाल्यो । खेलाडी र प्रशिक्षकको रुपमा दुई विश्वकप जित्ने सूचीमा इतिहास कोर्दा फुटबलको अण्डरडग क्रोएसियाको रफ्तार फाईनलमा रोकिन पुग्यो । फाईनलमा क्रोएसियलाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि उचाल्दै चारवर्षपछि कतारमा भेटिने बाचा गरियो ।

लिगचरण र नकाउट चरणमा उत्कृष्ठ कमब्याकसहित नजितासँगै फाईनल सुरक्षित बनाएको क्रोएसिययालाई फ्रान्सले आईतबार राती लुजनिकी रंगशाला उपाधि यात्राका ब्रेक लगाईदियो । फ्रान्सले सन २००६ को विश्वकपमा उपविजेतामा र युरोकप २०१६ मा समेत उपविजेतामा चिक्त बुझाएको पीडालाई भने २०१८ मा विश्वकपको उपाधि उचाल्दै भुल्यो ।

निकै रफ्तारमा देखिएको क्रोएसियालाई भने भिएआरको पीडाले पनि सतायो । भाग्यकै भरमा फ्रान्सले फाईनलको दोस्रो गोल सम्भव बनायो । भिएआरले पेनाल्टीको संकेत गरेपछि क्रोएसियाको भाग्यमा कालो बादल मडारियो । पहिलो गोल नै उपहार पाएको फ्रान्सले दोस्रो गोल पेनाल्टीबाट सम्भव बनाएपछि पहिलो हाफ अग्रतासँगै टुग्याएको थियो ।

एन्टोनी ग्रिजमनले हानेको फ्रिकक १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिएको थियो । तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टीको संकेत भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)ले निर्णय गरेपछि फ्रान्सको भाग्य खुल्यो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।

पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४(१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको अक्षम्य गल्ती फाईनलमा गरे । जुन प्रतिस्पार्धात्मक खेलमा सिल्ली गल्ती थियो । गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए । तर थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्यो ।

विश्वकपमा फ्रान्सका केलियन एमबाप्पले युवा खेलाडीको पुरस्कार थापे । क्रोएसियाका कप्तान लुका मोडरिचले उत्कृष्ठ खेलाडी घोषित हुदैं गोल्डन बलको हकदार भए । उनकै प्रेरणादायी खेलमा क्रोएसिया विश्वकपमा पहिलो पटक फाईनल यात्रा तय गरेको थियो । इग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट पाउँदा बेल्जियमकका गोलकिपर थियाबाउट कोर्टोइसले गोल्डेन ग्लोब्स हात पारे । Pic by Agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here