पोखरा(खेलाडी न्युज)- दुई वर्ष अघि उचालेको उपाधिको रक्षा गर्ने क्रममा नेपाल बंगलादेश पुग्दै छ । नेपाली फुटबल टोली बंगबन्धु गोल्डकप खेल्नु भन्दा अघि साफ च्याम्पिनयसिप खेल्ने छ । त्यसको लागि सोमबार बंगलादेश पुग्ने छ । बुधबारदेखि साफ च्याम्पियनसिप शुरु हुने छ ।

असोजमा फेरी नेपाली टोली बंगबन्धु गोल्डकप खेल्नको लागि बंगलादेश जाने छ । टोलीले दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने निश्चित छ । बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गरिएको् थियो ।

नेपालको समूहमा ताजकिस्तान र प्यालेस्टाइन परेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने छ । समूह बी आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन् । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा बहराइनलाई ३–० ले हराउँदै नेपालले उपाधि जितेको थियो । फाइनलमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर र विशाल राईले गोल गरेका थिए ।

त्यसभन्दा अघि नेपालले दक्षिण एशियाली खेलकुदमा २५ वर्ष अघि जितेको स्वर्ण पदक फेरी दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिने छ । नेपालले १९९३ मा स्वर्ण पदक जितेको थियो । साग जितेपछि नेपालले बंगबन्धु र सोलिडारिटी कप उचालेको थियो ।

साफमा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका बालगोपाल महर्जन बंगबन्धु जित्दाका प्रशिक्षक थिए । बंगलादेशमै बुधबारदेखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । त्यसका लागि नेपाली टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here