पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बजेटको चिन्ता नगरीकन काम गर्न निर्देशन दिएका छन् । बुधबार पोखरा रंगशालामा निर्माणाधिन भौतिक पुर्वाधारको निरिक्षण गर्दै काम फटाफट गर्न निर्देशन दिए । ‘बजेटको अख्तियारी भईसकेको छ । केही दिनमै आउँछ ।’ उनले भने–‘चिन्ता नगरीकनै काम गर्नोस ।’ ह्याण्डबल खेल सञ्चालन बहुृउद्देश्यीय कभर्ड हलमा आयोजना गरिने छ । तर हलमा फ्लोरिङ गर्नुपर्ने, कुर्ची तथा साउण्ड व्यवस्थापन गर्नुपर्ने खाँचो छ । त्यसको लागि ५ करोड रुपैयाँ माग गरिएको छ ।

मन्त्री विकले तिब्र पुर्वाधार विकासको गतिले समयमै साग हुनेमा विश्वस्त हुन आग्रह गरे । ‘विकास निर्माणको चरणलाई हेर्दा समय साग हुन्छ भन्ने ढुक्क हुनुस ।’ मन्त्री विकले भने–‘प्याराग्लाईडिङको पुर्वाधार निर्माणमा पनि ध्यान गईसकेको छ ।’ रंगशालाभित्र निर्माणाधिन फुटबल मैदानको समेत निरिक्षण गर्दै समयमै सक्ने गरी कामलाई तिब्रता दिन ठेकेदार कम्पनीका े पदाधिकारीलाई निर्देशन गरेका थिए ।

बहुउद्देश्यीय कभर्ड हल निरिक्षणको क्रममा मन्त्री विकले फ्लोरिङ, साउण्ड र सिटको व्यवस्थापनको काम एकैसाथ शुरु गर्न आग्रह गरे । ‘समानान्तर रुपमा काम गर्नुपर्छ । प्राविधिक तथा प्रशासनिक सबै एकैपटक गर्नोस ।’ उनले भने–‘एकपछि अर्को गरी गर्दा ढिला हुन्छ । एकैपटक गर्नोस । काम नरोकिन गर्नुपर्छ ।’ नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले फ्लोरिङको लागि युरोपियन प्रोजक्डको फ्लोरिङ प्रयोग गर्ने विषयमा छलफल भईरहेको जानकारी दिए ।

पोखरामा महिला फुटबलसहित ह्याण्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ, ट्रायथोलन, भलिबल गर्ने निर्णय गरिएको छ । महिला क्रिकेटको विषयमा अझै अन्यौल छ । समितिका अध्यक्ष सम्पन्न श्रेष्ठकै अगुवाईमा अहिले बहुउद्देश्यीय कभर्ड वरिपरी दुवो रोप्ने अभियान शुरु गरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका निर्बतमान कोषाध्यक्ष दिपकबहादुर गोदारले पोखरामा आयोजना हुने सागले पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने टेवा पुर्याउने भन्दै ऐतिहासिक रुपमा सम्पन्न गर्ने दायित्व भएको बताए । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here