पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजन तथा बाग्लुङ जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा १५जना विभिन्न खेलका खेलाडीलाई शनिबार राहत वितरण गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष सम्पन्न श्रेष्ठको संयोजकत्वमा गठित समितिले शनिबार बाग्लुङमा खेलाडीलाई राहत प्रदान गरिएको हो । केही दिन अघि मात्रै उनको टोलीले म्याग्दीका खेलाडीलाई समेत राहत वितरण गरिएको थियो ।

विश्वमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) ले नेपाल पनि अछुताे रहन नसकेकाे र नेपालमा लकडाउनले गर्दा खेलकुद क्षेत्र लाई पनि निकै असर पारेकाे अबस्थामा जिल्ला खेलकुद विकास समिति बागलुङका निवर्तमान अध्यक्ष धन बहादुर परियारकाे सहयाेग र पहल राहत वितरण गरिएको हो । उसुका दुई, तेक्वान्दोका ७, करातेका ४, सुटिङका एक १५ जना खेलाडीलाई राहत प्रदान गरिएको बाग्लुङ जिल्ला खेलकुद विकास समितिमा निवर्तमान अध्यक्ष धन परियारले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष सम्पन्न श्रेष्ठले लकडाउनकै समयमाा कुनै पनि खेलाडीलाई अभाव भएको अवस्थामा सहयोग गर्नुपर्ने दायित्व र जिम्मेवारी भएको उल्लेख गर्दै राहत उपलब्ध गराउने निर्णय गरेका थिए ।

उनीहरु सबै जिल्ला तथा गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीहरु हुन् । बाग्लुङ जिल्ला खेलकुद विकास समितिमा निवर्तमान अध्यक्ष धन परियार संयोजकत्वमा गठित समितिले खेलाडीलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । उनका अनुसार उसुका सदिक्षा विक(क्षेत्रीय खेलाडी), उसुैक अनमोल बोहोरा(आठौं राष्ट्रिय खेकलुद प्रतियोगिता खेलेका खेलाडी), तेक्वान्दोका मनोज गायत्री, सन्तोष उपाध्याय, रामचन्द्र घर्तीमगर, लप्सन मल्ल, सन्देश बोहोरा, राजन बोहोरा(क्षेत्रीय निर्णायक), रोशन नेपाली, गुन्जु गोतामे, कराँतेका कोपिल रोका(आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको), विरचन थापा, विकास राई, विवेक राई, सुटिङकी हिमाली रोका(प्रदेशस्तरीय खेलाडी) लाई प्रदान गरिएको हो ।

राहत स्वरुप २५ केजी चामल, पाँच केजी दाल, एक केजी चिनी र साबुन रहेको उनले बताए । चरणबद्ध रुपमा लकडाउनको समय लम्बिदैं गएपछि खेलाडीलाई परेको पीर मर्कालाई ध्यानमा राख्दै श्रेष्ठले राहत उपलब्ध गराइएको स्पष्ट पारे । ‘खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ । खेलकुद संस्था नहुदाँ टुहुरो बन्नुपर्ने अवस्था आउन नदिन हामीले प्रदेशका सबै जिल्ला समितिसँग समन्वय गर्दै राहत उपलब्ध गराउने प्रतिबद्धता गरेका छौं ।’ उनको भनाई थियो । १ नम्वर वडाका वडा अध्यक्ष दुर्गाबहादुर बाेहरा र सदस्य सुर्य लामिछानेकाे विशेष सहयाेगमा राहत वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here