Under Featured Image in News Page
sahara

एजेन्सी –एक सिजनअघि मात्रै नोउ क्याम्प भित्रिएका फ्रान्सेली स्ट्रईकर एन्टोईनी ग्रिजमनलाई समर सिजनकै शुरुवातमा बार्सिलोनाले विक्री गर्ने जनाएको छ । बार्सिलोनाले उनको लागि १०० मिलियन युरोमा बेच्ने निर्णय गरेको छ ।

डारियो स्पोर्टसले जनाए अनुसार बार्सामा उनको पहिलो सिजन खासै राम्रो हुन सकेको थिएन् । स्पेनिस ला लिगमा उनले २६ खेलमा केवल ८ गोल मात्रै गरेका छन् । यसबाट पनि उनको खेलले प्रभावकारी हुन नसकेको ठम्याई बार्सिलोनाले गरेको छ ।

एथलेटिको मड्रिडबाट ग्रिजमन १२० मिलियन युरोमा बार्सिलोना ट्रान्सफर भएका थिए । उनलाई बेच्दै बार्सिलोनाले पिएसजीबाट नेयमार तथा लाउटेरो मार्टिनेजलाई भित्रयाउने चासो देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here