Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडीको पारिश्रमिक कटौती गरिएको छ । यता स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले भने कारोना भाईरसको प्रकोपकै कारण पारिश्रमिक(ज्याला) घटाउने प्रस्ताव अस्वीकार गरेका छन् ।

स्रोतलाई उदृत गर्दै ईसपिएनले जनाए अनुसार बार्सिलोनाका खेलाडीहरूले उनीहरूको ज्यालामा उल्लेखनीय कमी ल्याउने प्रस्तावलाई अस्वीकार गरेका हुन् । पारिश्रमिक घटाउने विषयमा क्लबका कप्तानहरू र निर्देशकहरूको बोर्डबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार ख खेलाडीहरू उनीहरूको तलबमा पुरै लिन इच्छुक छन् तर बोर्ड भने उनीहरुको सर्तमा सहमत छैनन् । यद्यपी पारिश्रमिक घटाउने विषयमा भने सम्झौता हुने आशा र विश्वास भने गरिएको छ ।

इएसपीएनले बार्सिलोनाले बोर्डका सदस्यहरू बीच भिडियो कन्फरेन्स पछि गत शुक्रबार खेलाडीहरूसँग अस्थायी ज्यालामा कटौती गर्ने कुरामा सहमति जनाएको उल्लेख गरेको छ । पारिश्रमिक घटाउने विषय केवल पुरुषको पहिलो टीममा लागू हुँदैन, तर क्लबका अन्य व्यावसायिक टिमसँगै महिलाको पहिलो टोली र बास्केटबल टोली लगायत अन्यमा लागु गरिने छ ।पुरुषको टोलीमा विशेष फोकस छ, । क्लबको बजेटको आधा हिस्सा खेलाडीहरुको पारिश्रमिकमै खर्च हुन्छ । खेलाडीहरुले वार्षिक ५०० मिलियन युरो कमाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here