बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको अन्तिम क्र्वाटरफाईनल पुग्ने टोलीको बनेको छ । बुटवल युथ स्पोर्टस क्लबले आयोजक धौलागिरी क्रिकेट क्लब एलाई ८८ रनले पराजित गर्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो ।

बाग्लुङको बाङ्गेचौर खेलमैदानमा आज बिहीबार टस जित्दै व्याटिङ गरेको बुटवल युथ स्पोर्टसले सुभम यादवको ४९ रनको पारीमा २१८ रनको चुनौति आयोजक समक्ष तेस्र्यायो । सुभमले २३ बल खेल्दै दुई चौका र छ छक्का हिर्काउँदै बुटवलको पारी सम्हाले । सिकन्दर यादवले ४० रन बनाउने क्रममा १२ बल खेले । उनले २ चौका र ४ छक्का हिर्काए । अमरजित सिंहले पनि ३० रन बनाउने २१ बल खेल्दै २ चौका र २ छक्का हिर्काए । सिद्धान्त अधिकारीले २७ रन बनाउन १० को सामना गर्दै एक चौका र तीन छक्का इनिङ्समा लेखाए । रिम थापा, सागर शर्मा र तेजेन्द्र घर्तीले समान २—२ विकेट लिएका थिए ।

२१९ रनको लक्ष्य पछ्याएको आयोजक धौलागिरी क्रिकेट क्लब ए भने १३१ रनमा समेटिन पुग्यो । राजु थापाले ३१ रनको महत्वपूर्ण योगदान गर्दै टोलीलाई उकास्ने प्रयास गरे । तर उनको प्रयास भने सफल हुन सकेन् । प्रविन ढकालले १७ रनको पारी खेले । अन्य व्याट्सम्यानको प्रभावकारी प्रदर्शन देख्न पाईएन् । जितेन्द्र र याम क्षत्रीले दुई दुई विकेट लिए ।

अर्को खेल भने भैरहवाको टोली उपस्थिति जनाउन नसक्दा बाग्लुङ नगरपालिका ५ मालिकालाई विजयी घोषणा गरियो । खेल तालिका अनुसार अन्तिम समयमा भैरहवाको शिवशक्ति क्लब नआएपछि मालिकालाई क्र्वाटरफाईनल लागि योग्य घोषित गरिएको अम्पाएर दिलिप अग्रहरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here