Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)- १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन् । नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेटमा खेल सुम्पिएका हुन् ।

त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन् । नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here