Under Featured Image in News Page

एजेन्सी—भारतले विदेशी भूमिका एकदिवसिय तथा टी—२० सिरिजको दोहोरो उपाधि जित्दै क्रिकेटमा आफनो प्रभुत्व कायमै गरेको छ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले दक्षिण अफ्रिकालाई ६ खेलको एकदिवसिय श्रृखंला कब्जा गरेपछि तीन टी—२० सिरिजमा पनि २—१ ले जित्दै कब्जा ग¥यो ।

भारतले टस जित्दै व्याटिङको शुरुवात ग¥यो । आफना भरपर्दा व्याट्सम्यान विराट कोहलीको अनुपस्थितिमा समेत दक्षिण अफ्रिकामाथि रोमाञ्चक ७ रनले जित्दै सिरिजमाथि कब्जा जमायो । म्यान अफ दि म्याच सुरेश रैनाले २७ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए । उनीभन्दा अघि शिखर धवनले ४० बलमा ४७ रन बनाई पवेलियन फर्किएपछि रैनाले इनिङ सम्हाले । हार्दिक पाण्ड्याले २१ रन बनाए । दिनेशकुमार कार्तिकले १३ रन, मनिष पाण्डेले १३ रन बनाए । रोहित शर्माले ओपनिङ गर्दै ११ रन बनाई डालाको बलमा एलबी डब्लु धरापमा पर्दै पवेलियन तर्फ पाईला चाले । महेन्द्रसिंह धोनी र भुनेश्वर कुमार र पटेलले ३ र १ रनमा खेल्दा २० ओभर टुंगियो । केवल सात विकेटको क्षतिमा भारतले १७२ रन बनाई जितको लक्ष्यको अफ्रिकालाई क्रिजमा निमन्त्रणमा दियो । डालाले धवनलाई रन आउट गरे । मनिष पाण्डेलाई क्याचआउट गरेका थिए । धोनीलाई पनि डालाकै बलमा मिलरले क्याच गर्दै क्रिज बाहिर पठाए । मोरिसले दुई विकेट लिए ।

१७३ रनको लक्ष्य पछ्याएको अफ्रिकाले जेपी डुमिनीको अर्धशतकीय योगदानमा जितको लक्ष्य हासिल गर्ने तर्फ अग्रसर देखिएपनि ओभर समाप्त हुदैं सिरिज जोगाउने अफ्रिकी योजना विफल भयो । ४१ बलमा तीन छक्का र दुई चौका हान्दै ५५ रन बनाएपनि पराजयबाट टार्न सकेनन् । उनी एसएन ठाकुरको बलमा शर्माद्वारा क्याच भए । सि जोन्करले पनि २४ बलमा ४९ रन बनाई खेलिरहदाँ भुवनेश्वर कुमारको बलमा आउट हुन पुगे । डि.ए मिलरले २४ र एफ बेहारडियन १५ रनमा नटआउट रहे, १६५ रनमा रोकियो । भुवनेश्वर कुमारले चार ओभरमा २४ रन दिएर २ विकेट लिए । उनी टी—२० सिरिजको म्यान अफ दि सिरज घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here