पोखरा(खेलाडी न्युज)-महिला ४५ केजी तौल समूहमा नेपालकी संगीता राईले कास्य पदक जित्दै राष्ट्रिय किर्तिमान बनाएकी छन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार राईले आफनो तौल समूहमा स्न्याचमा कास्य पदक जित्दा क्लिन एण्ड जर्कमा १२७ केजीको भार उठाँउदै नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।

पोखराको माटेपानीस्थित एसआर केसी पार्टी प्यालेसमा आयोजित भारोत्तोलनमा २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार लिफ्ट गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड थियो । कास्य पदक जितेकी राईको नयाँ राष्ट्रिय किर्तिमान भएको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

त्यस इभेण्टमा इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामारुकुनले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार लिफ्ट गरेकी थिईन् । यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ ।

भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार उठाईन् । श्रीलंकन खेलाडी हन्साई पछि पारिन् । हन्साईले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ । चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश ÷दश तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here