पोखरा(खेलाडी न्युज)— प्रो गल्फर शिवराम श्रेष्ठलाई प्ले अफमा पराजित गर्दै सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पिनयसिप ट्रफी भुवन नगरकोटीले जितेका छन् । बिहीबार नगरकोटीले पार ७२ को गोकर्ण गल्फ कोर्षमा एक स्ट्रोक जोगाउँदै नगरकोटीले सिजनको चौथो उपाधि उचाले । ७२ होल पुरा गर्दा भुवन र शिवरामले १२ अण्डर २७६ मा टाई खेले । टाईभएपछि प्ले अफको १० औं होलमा समेत दुबैले इभन पार खेले । १८ औं होलको पार ४ मा भने शिवरामले इभर पार खेल्दा भुवनले भने बर्डी हिर्काउँदै उपाधि पक्का गरेका हुन् । उनको करियरको छैटौं उपाधि समेत हो । उनले तीन लाख २० हजार नगदराशी पाउँदा शिवरामले भने १ लाख ४० हजारमा चिक्त बुझाए ।

च्याम्पियनसिप ट्रफीको तेस्रो स्थानमा भने तोरण विक्रम शाही आए । उनले चौथो दिनको खेल समाप्तीसँगै चार अण्डर २८४ को कार्ड बनाए । उनले अन्तिम दिन भने एक ओभर ७३ खेल्न पुगे । शाहीले नगद ९५ हजार रुपैयाँ जिते । नेपाल आर्मी क्लबका धनबहादुर थापाले भने बिहीबार इभार पार ७२ खेल्दै समग्रमा ती अण्डर २८५ को कार्ड बनाउँदै चौथो स्थानमा चिक्त बुझाए । उनी पोखराको हिमालयन गल्फकोर्षमा आयोजित सुर्य नेपाल वेष्टर्न ओपन च्याम्पियन समेत हुन् । उनले ७७ हजार ५ सय रुपैयाँ पाएका छन् ।

पहिलो दिन चार अण्डर ६८ खेल्दै शीर्षस्थानमा रहेका सन्जय लामा भने चौथो दिनको ७२ होलको समाप्तीमा एक अण्डर २८७को स्कोरमा पाँचौ स्थानमा रहदै टुर्नामेन्ट टुग्याए । उनले ६९ हजार चिक्त बुझाए । धरानका प्रो गल्फर बलभद्र राई(मणि)ले छैटौं स्थानमा रहँदै ६३ हजारको चेक बुझे । उनले ७२ होल पुरा गर्दा दुई ओभर २९० खेले । जयराम श्रेष्ठ र दिनेश प्रजापति सातौं स्थानमा रहे । उनीहरुले तीन ओभर २९३ मा खेल टुग्याए । कृष्णमान राजबहाकले नवौ स्थान र पुर्णप्रसाद शर्मा र रवि खड्काले दशौं स्थानमा ओगटे ।

शिवराम र भुवनले अन्तिम दिन ११ अण्डर २०५ को स्थितिमा फ्रण्ट नाईन टुग्याएका थिए । शिवरामले दुई अण्डर ३४ खेल्दा भुवनले भने एक ओभर ३७ खेले । भुवनले १२ औ होलमा बर्डी हिर्काए । शिवरामले १५ औं र १६ औंमा बोगी हानेपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो । अन्त्यमा दुबैको समान स्कोर १२ अण्डर २७६ खेल्दै प्ले अफमा पुगे ।

एमेच्योर तर्फको उपाधि भने सुनिल केसीले जिते । उनले काउण्ट व्याकमा टंक बहादुर कार्कीलाई पछाडि छाड्दै उपाधि उचाले । दुवैले चार ओभर २९२ स्कोरको कार्डमा ७२ होल पुरा गरेका थिए । यद्यपी व्याक नाईनहोलमा काउन्ट व्याकमा कार्कीलाई उछिन्दै केसीले उपाधि आफनो नाममा लेखाए । काउण्ट व्याकमा सुनिलल तीन ओभर ७५ र टंकले चार ओभर ७६ मा टुग्याएका थिए । पृथ्वी मल्ल भने चौथो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here