पोखरा(खेलाडी न्युज)-कास्कीका दुई गाउँपालिकामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को सकिएसँगै अन्नपूर्ण गाउँपालिकाले भने भोलि बुधबारदेखि शुरु गर्दै छ । जेठ महिनाभित्रमा आयोजना गरिसक्ने योजना अनुसार अन्नपूर्ण गाउँपालिकाले बुधबार ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता गर्ने छ ।

विद्यालयस्तरीय खेलुकद प्रतियोगिताको स्वरुप फेरिएसँगै कास्कीका रुपा र मादी गाँउपालिकामा प्रतियोगिता टुंग्याईसकिएको छ । अन्नपूर्ण गाँउपालिकाले बुधबार आयोजना गर्ने छ भने माछापुच्छ«े गाँउपालिकाले भने प्रतियोगिता गर्न मिति तय गरिसकेको छैन् । नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को तेस्रो संशोधन (२०७५) अनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजकले स्थानीय निकायस्तरीय प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराउनुपर्ने प्रावधान छ । त्यसै अनुसार अन्नपूर्ण गाँउपालिकामा रहेका १७ विद्यालयको सहभागितामा प्रतियोगिता सम्पन्न गर्ने योजना बनाएको छ ।

गाँउपालिकाका शिक्षा युवा तथा खेलकुदका प्रमुख बलराम भुगाँईका अनुसार एथलेटिक्स, भलिबल, कबडड्ी, ज्याभिलनथ्रोमा प्रतिस्पर्धा हुने छ । ढिकुरपोखरीस्थित माछापुच्छ«े मावि नजिकै रहेको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा भलिबल तर्फ १६ छात्र र ९ छात्राको टिमले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी सटफुट तर्फ ६ विद्यालयका छात्रा तर्फ र १२ छात्रको टिम सहभागि रहेको छ । त्यस्तै ज्याभलिन थ्रो तर्फ ४ छात्रा र ८ छात्राले प्रतिस्पर्धा गर्ने उनको भनाई थियो । हाईजम्प तर्फ ८ छात्रा र १३ छात्राले सहभागिता जनाएका छन् । कबडड्ीको प्रतिस्पर्धामा भने १५ विद्यालयले छात्र र १३ विद्यालयले छात्रा तर्फ प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । हप्रतियोगिता बुधबार र बिहीबारसम्म सञ्चालन हुने छ । प्रतियोगिता सञ्चालनको लागि केही महिना अघि मात्रै निर्माण गरिएको फुटबल मैदानमै एथलेटिक्सको लागि ट्रयाक समेत बनाईसकिएको उनले बताए । प्रतियोगितामा विभिन्न इभेण्टमा गरी १०८० विद्यार्थीले सहभागिता जनाउने छन् ।

च्याम्पियन विद्यालयले उपाधिसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने विद्यालयले १० हजार र तेस्रो हुने विद्यालयले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने शिक्षा प्रमुख भुगाँईले बताए । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त १ लाख रुपैयाँ र गाँउपालिकाबाट १ लाख रुपैया बजेट छुट्टाईएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार कास्कीका चारैवटा गाँउपालिका र महानगरपालिकाले प्रतियोगिता आयोजना गरी छनोट भएका विद्यालय बीच जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागि हुने छन् । स्थानीय निकायबाट छनोट भएका विद्यालयहरु बीचको अन्तिम प्रतिस्पर्धा भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हुने छ । त्यसपछि मात्रै जिल्ला च्याम्पियन घोषणा गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here