पोखरा(खेलाडी न्युज)-१४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले गोल्डकपमा सहभागिता जनाउँदै छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुदैै छ । जुन प्रतियोगिताको लागि पहिलो टोली हुदाँ पोखराको मैदानमा भने अफ्रिकन टोलीको उपस्थिति दोस्रो हुने छ । यसअघि पोखराकै मैदानमा तेस्रो आहा रारा गोल्डकपको लागि अफ्रिकन युनाईटेडले सहभागिता जनाई उपाधि उचाले फर्किएको थियो । क्यामरुनी टोली डाफिनास टिम परिवारको सहभागिता रहने छ ।

पोखरा कपको पहिलो संस्करणमा विजेशी टोली बंगलादेशको धनमुण्डी क्लब पोखरा आईपुगेको थियो । उपाधि जितेर फर्किएको टोली त्यसपछि पोखराको मैदानमा उपस्थित भएको छैन् । अफ्रिकन टोलीको उपस्थितिसँगै आउँदो मंगलबारदेखि शुरु हुने छैटौं मनकामना केवलकार पोखरा कपमा अर्को विदेशी टोलीको रुपमा भने जापानको युनिर्भसिटीको टिम आउँदै छ । रिहो युनिर्भसिटी जापानले पोखराको मैदानमा पहिलो पटक उपस्थिति जनाउँदा अन्य दश टोली भने नेपाली क्लब रहने छन् । भर्खरै शहीद स्मारक लिगमा सहभागि भएका ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने मनकामना केवलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काले जानकारी दिए ।

मोसफलकै उत्कृष्ठ प्रतियोगिताको छवि बनाउन उद्दत फुटबलको उपाधि उचाल्न भर्खरै लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहने संयोजक खड्काले बताए । क्यामरुनी टोलीको मोसफलको नकाउट फुटबलमा सहभागिता भने दोस्रो हो । यसभन्दा अघि सुदुर पश्चिममा आयोजित खप्तड गोल्डकपमा सहभागिता जनाएको थियो ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई समेत बृद्धि गरिएको छ । पाँचौ सस्करणभन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

आयोजक कास्की जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आम्दानी भने १ करोड २८ लाख ५० हजार गरेको छ । संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मानस्वरुप मोटरसाईकल प्रदान गर्ने निर्णय समेत गरेको छ । स्थगित भएको दुई वर्षपछि मनकामना केवलकार पोखरा कप गर्ने तयारी अन्तिम चरणमा छ । मैदान वरिपरी टिनले बार्ने काम गरिएको छ । स्टेज दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिदैं छ । संघले मैदानलाई मर्मत सम्भारमाा समेत गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here