Under Featured Image in News Page

काठमाडौं(खेलाडी न्युज) मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता बैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सेन्टरका अध्यक्ष ठाकुर गैरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा सातै प्रदेशका टिमको सहभागिता रहने छ । त्यसका लागि बैशाख ६ र ७ गतेसम्म खेलाडी छनोट सम्पन्न गर्ने आयोजकले जनाएको छ । प्रदेशअन्तर्गत १ को विराटनगर, २ को वीरगन्ज, ३ को काठमाडौं, ४ को पोखरा, ५ को भैरहवा, ६ को सुर्खेत र ७ को धनगढीमा छनोट हुनेछ । एक टिममा १४ खेलाडीसहति १–१ प्रशिक्षक र व्यवस्थापक रहने छन् ।

पहिलो र दोश्रो हुने टिमलाई नगद र खेल सामाग्रीसहित क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । खेल ३० ओभरको हुनेछ । सेन्टरले २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने १–१ पुरुष÷महिला खेलाडी र १ प्रशिक्षकलाई ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान– २०७४’ बाट सम्मान पनि गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here