बुटवल(खेलाडी न्युज)— नेपाल पुलिस क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपबाट बाहिरिने अन्तिम विभागीय टोली बन्दा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अन्तिम चारको स्थान पक्का गर्यो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल पुलिस क्वललाई २–१ ले हराउँदै मनाङ मस्याङदी क्वल सेमिफाईनलमा प्रबेश गरेको हो । सेमिफाईनलमा प्रबेश गरेको मनाङ मस्याङदी क्वलले फाईनल प्रवेशको लागि सुनौलो संगम क्लब संग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १४ औं मिनेटमा नेपाल पुलिस क्वलका एज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने पुलिस क्लबले अग्रता जोगाउन सकेन । मनाङ मस्याङदी क्वलका खेलाडी भिक्टोरको पासमा खेलको ६१ औ मिनेटमा अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

उत्कृष्ट प्रदर्शन गरेको मनाङ मस्याङदी क्वलका लागि पुनः अञ्जन विष्टले खेलको ७५ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ को स्थितिमा पुराउँदै जित तर्फ उन्मुख बनाए । बाँकी समयमा पुलिसले कुनै पनि गोल गर्न सकेन र खेल मनाङ मस्याङदी क्वलले जित्न सफल भयो । प्रतियोगितामा दुई गोल गरेका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित हुदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । करोड १४ लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईन खेलमा शुक्रवार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार क्लबका बीच प्रतिस्पर्धा हुनेछ । बुटवलबाट यमलाल भुषालको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here