पोखरा(खेलाडी न्युज)- रामेछापको मन्थलीमा आयोजित मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि गण्डकी प्रदेशले नमूना दिपयुवा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–२१, २५–९ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्दै उपाधि भिडन्त पक्का गरेको हो । अर्को सेमिफाईनल खेलमा नमूना दीप युवा क्लबले शान्तिदीप युवा क्लबलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ को सेटले पन्छाउँदै उपाधि निकट पुगेको हो ।

प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ विरुद्ध शान्तिदीप युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । रामेछाप सिभिल च्याम्पियनसिप प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए। मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०÷१० हजार नगद पाउने छन् । गतवर्षको उपाधि सुदूरपश्चिमले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here