Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-लेखनाथका विभिन्न ९ विद्यालयमा फुटबलको आधारभूत प्रशिक्षण शुरु गरिएको छ । विद्यालयबाटै फुटबलको विकास गर्ने उद्देश्यसहित एकसाता अघिदेखि प्रशिक्षण शुरु गरिएको हो । राष्ट्रिय खेलाडी जीवन सिन्केमानले प्रशिक्षण दिईरहेका छन् । प्रत्येक विद्यालयलाई हप्तामा दुईदिन प्रशिक्षण गराईदैं आएको आदर्श युवा क्लब भण्डारढीकका अध्यक्ष लक्षु भण्डारीले बताए ।

विद्यालयस्तरीय आधारभूत फुटबल प्रशिक्षको लागि क्लबलाई मर्सीकोर नेपाल नामक संस्थाले सहयोग गर्दै आएको छ । क्लबसँग भएको तेस्रो कार्यक्रम सम्झौता अनुसार नै विद्यालयमा फुटबल प्रशिक्षण गराईएको उनले जानकारी दिए । तेस्रो चरणको कार्यक्रम अन्तर्गत संस्थाले क्लबलाई ४१ लाख ७१ हजार ३७ रुपैयाँ आर्थिक सहयोगको सम्झौता गरेको छ । सम्झौतसँगै युथ लिडरसिप तालिम शुरु गरिएको छ । त्यो सँगै विद्यालयस्तरीय फुटबल प्रशिक्षण गरिएको उनको भनाई थियो ।

उनका अनुसार लेखनाथको होली माउण्ट, सिद्धी विनायक, जनप्रकाश, त्रिभुवन शान्ति, न्यु लाईट, स्माईल हेवन, गोगन मावि र ज्ञानज्योति स्कुलमा प्रशिक्षण गराइएको बताए । ‘स्कुलमा छात्र तथा छात्रा फुटबल प्रशिक्षण गराईएको छ ।’ उनले भने । प्रशिक्षणको लागि सिन्केमानसँगै स्थानीय सुभाष गुरुङले छात्र र अन्जना गुरुङले छात्राहरुलाई प्रशिक्षण गराईरहेका छन् । ‘हाम्रो लक्ष्य ५ सय विद्यार्थीलाई प्रशिक्षण गराउने हो ।’

प्रशिक्षणसँगै ती विद्यालयलाई डेढलाख रुपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान गरिने उनले बताए । । कार्यक्रमको प्रभावकारी अुनगमन भने सम्बन्धी संस्थाले नै गर्दै आएको छ । उपलब्ध गराएको आर्थिक सहयोगबाट क्लबले ग्रास रुट कार्यक्रम शुरु गरिएको थियो । मर्सीकोरसँगको साझेदारीमै क्लबले फुटबल मैदानको दक्षिण तर्फ दर्शक प्यारापिट निर्माण गरिसकेको छ । उनले संस्थालाई नै फुटबल मैदान वरिपरी सोलार बत्ती जडान गर्न प्रस्ताव समेत पेश गरिएको बताए ।
उनको भनाई थियो । सम्झौता अनुसार कार्यक्रम दश महिनासम्म सञ्चालन हुने छ । कार्यक्रम अनुसार युवा तथा प्रशिक्षकलाई फुटबल सम्बन्धीत तालिम तथा परामर्श दिईने लक्ष्य छ । क्लबका अध्यक्ष भण्डारीले फुटबलको विकाससँगै युवा नेतृत्व विकास, समुदायमा सकारात्मक विकासको लागि युवा परिचालन लगायनका कार्यक्रम समावेश गरिएको जानकारी दिए ।

मर्सीकोरले लेखनाथको फुटबल विकाससँगै युवा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्न यसअघि दुई चरणका कार्यक्रम पुरा गरिसकेको छ । दुई चरणको कार्यक्रममा गैरसरकारी संस्था मर्सीकोर नेपालले आदर्श युवा क्लब भण्डारढीकलाई ८० लाख रुपैयाँ हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरिसकिएको छ । । फुटबलको लागि आवश्यक भौतिक पुर्वाधार क्षेत्रमा समेत संस्थाले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताए । मर्सीकोर नेपालले पहिलो चरणको लागि आदर्श युवा क्लबसँग ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

संस्थाकै दोस्रो चरण अन्तर्गत भण्डारढीक खेल मैदानको दक्षिण तर्फ प्यारापिट निर्माण र चेन्जिङ रुम निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । संस्थाकै सहयोगमा २५ लाख रुपैयाँको लागतमा प्यारापिट र ५ लाख रुपैयाँले फुटबलको लागि अत्यावश्यक चेन्जिङ रुम निर्माण गरिएको समेत आदर्श युवा क्लबका अध्यक्ष भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here