पोखरा(खेलाडी न्युज)-नेपालले एशिया कप छनोट क्रिकेटमा मलेसियालाई १९रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । १८९ लक्ष्य पछ्याएको मलेसियालाई १६९ रनमा समेट्दै पहिलो जित निकाल्यो ।

अनवर अद्रिनलाई ३४ रनमा आउट गरेपछि नेपालको आशा जागेको थियो । पहिलो तीन ओभरमा ३० रन हिर्काएपछि नेपाल बलर सामु मलेसियन व्याट्सम्यान निकै हावी भएका थिए । सायद अजिजलाई पनि ३४ रनमै आउट गरेपछि नेपालले खेल आफनो पक्षमा पार्न सफल भएको थियो । अहेमद फियाजले २२ रनको योगदान गरे । बसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए ।

आरिफ शेखले नटआउट ६४ र दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेल्दै पानीले ओभर घटाइएको खेलमा नेपालले मलेसियालाई सात विकेट गुमाउँदै १८९ रनको चुनौति तेस्र्याएको छ । एशियाकप छनोट प्रतियोगिताको तेस्रो दिन मलेसियासँगको खेलमा नेपालको मध्यक्रमको व्याट्सम्यानले भरपर्दो व्याटिंग गरेपछि केही राहतको अनुभव गरिएको छ । ए।के साहलाई १६ र सुवास खकुरेललाई ९ रनमै गुमाएको नेपालको इनिंग्स भने ऐरी र शेखले उकासेका थिए । शेखले नटआउट खेल्ने क्रममा ४८ बल खेल्दै ५ चौका र २ छक्का हिर्काए । ऐरीले ५१ बल खेल्दै ६ चौका र १ छक्का हिर्काए ।

पानीले ढिलो गरी ३० ओभरमा छोट्टाइएको खेलमा नेपालले शुरुवाती व्याट्सम्यानलाई सस्तैमा गुमायो । कप्तान पारस खड्कालाई पनि १३ र ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाईसकेको अवस्थामा कमजोरस्थितिबाट बलियोस्थितिसम्म पुर्याउन शेखले महत्वपूर्ण पारी खेले । सागर पुनलाई भने शून्य रनमै पेभेलियन फर्किए ।

उता ओमानले सिंगापुरलाई आठविकेटले पराजित गरेको छ । ओमानको जितले नेपाललाई छनोट हुन निकै कठिन बनाईदिएको छ । जितले नेपालको आशा झिनो रुपमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here