Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-नेपाल भ्रमणमा रहेको मलेसिया ११ बुधबार मैत्रीपूर्ण खेल खेल्न पोखरा आईपुग्ने छ । पोखराको मलेसियन टिमले कास्की जिल्ला क्रिकेट संघको टिम ११ सँग मैत्रीपूर्ण दुई खेल खेल्ने छ ।

इनरुवामा मनमोहन स्मृति एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न आईपुगेको मलेसिया–११ ले बिहीबार कास्की जिल्ला क्रिकेट संघसँग टी–२० प्रतिस्पर्धा गर्ने छ । गण्डकी प्रदेशको टिमलाई १९२ रनले पराजित गरेको मलेसिया–११ ले बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो खेल घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भएको छ ।

शनिबार घरेलु टोलीसँगै भ्रमणकारी टोलीले एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यतिबेला नेपालको क्रिकेटको राष्ट्रिय टोली पोखरामा बन्द प्रशिक्षणमा छ । नेपालसँग खेल्ने तय गरिएपनि मलेसियन टोलीले घरेलु कास्की जिल्ला क्रिकेट संघसँग प्रतिस्पर्धा गर्ने छ । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here