Under Featured Image in News Page

एजेन्सी-कहिलेकाही नपत्याउने खोलाले बगाउँछ । फुटबलमा त्यस्तै भयो । महत्वपूर्ण तीन खेलाडी बेन्चमा बसेको दिन रियल मड्रिड च्याम्पियन्स लिगमा सिएसकेए मस्कोसँग स्तब्ध हुन पुग्यो ।

अवे खेल्ने पुगेको रियल मस्कोसँग १-०गोलले पराजित हुदैं अत्यासित नजिता स्वीकार्दा गारेथ बेल, एट्याकिंग डिफेन्स मार्सेलो र कप्तान सर्जियो रामोसले बेन्चबाटै नियाली रहे ।

निकोला भ्लासिचले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मस्कोको जितको लागि निर्णायकसँगै तीन अंकको लागि पर्याप्त बन्यो । मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियल दोस्रो मिनेटमा गोल खाँदै पछि पर्यो ।

खेलाडी बीचमा सामञ्जस्यता नमिल्दाले गोल खान पुगेको थियो । रियलका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल मिल्न नसकेको फाइदा उठाउँदै मस्कोका निकोला भ्लासिचले डि–बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलमा १–० ले पछि परेपछि रियलले खेलमा फर्किन गोलको लागि आक्रमक बनिरह्या् । तर गोल गर्न भने सकेन् । २९औं मिनेटमा क्यासमिरोको प्रहार क्रसबारमा लागेर फर्किला रियालले बराबरी गर्ने मौका गुमायो ।

४०औं मिनेटमा कप्तान करिम बेन्जेमाको प्रहार पनि बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा पनि रियालले मस्कोको पोस्टमा पटकपटक आक्रमण गरे पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो। खेलको अन्तिम समयमा इगोर एकिनफिभले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मस्को १० खेलाडीमा सिमित भएको थियो। रियलमाथि मस्कोको यो पहिलो जित हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here