पोखरा(खेलाडी न्युज)-साहसिक जलयात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लमजुङको मस्र्याङ्दी नदीमा शनिबारदेखि १७ औं सस्करणको कायाकिङ(हिमालयन ह्वाईट वाटर च्यालेन्ज) शुरुभएको छ । दुई किलोमिटर दुरीको कायाकिङको पहिलो दिन नेपाल मुलका बेलायती प्रितम गुरुङले पुरुष तर्फ अग्रता लिएका छन् ।

नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्ट्स(नारा)को आयोजनामा शनिवार लम्जुङको मस्र्याङदी नदी स्थित बेलौती बिसौनामासम्मको २ किलोमिटर ‘डाउन रिभर रेस स्प्रीन्ट’ कम्पिटिसनमा गुरुङले १५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अग्रता लिएका हुन् । उनले २ मिनेट १७ सेकेण्डमा दुरी पार गरेका थिए । गुरुङलाई पच्छ्याउदै नेपालका रोजेन्द्र गुरुङले २ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थानमा रहदाँ बेलायतकै माट स्टेफेन तेस्रो स्थानमा छन् ।

महिला तर्फ आइरिसकी सुशन डोयलले अग्रता लिएकी छिन । डोयलले निर्धारित २ किलो मिटर दुरी २ मिनेट ३७ सेकेण्डमा पार गर्दै अग्रता लिएकी हुन । उनलाई पच्छ्याउदै जर्मनकी भेरा नियसले २ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन ।

जल खेलकुदको माध्ययमबाट बाह्य पर्यटकहरुलाई नेपाल भित्राउने र ब्याबसायीक कायकर उत्पादनको लक्ष्य राखिएको छ । प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्ट्सका अध्यक्ष निमबहादुर मगरले बताए । प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरी १०० भन्दा बढी कायकरहरुको सहभागिता रहेको छ । प्रतियोगितामा आइतबार दोस्रो दिन ‘स्ट्रिम सलालम’ र अन्तिम दिन सोमबार ‘हेड टु हेड बोर्डर क्रस विद्या’मा खेल हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने कायकरले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्ने छन । द्धित्तिय र तृतीय हुनेले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार र २० हजार थाप्ने छन् । त्यसैगरी महिला तर्फको बिजेता, उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने कायकरलाई हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार २० हजार र १० हजार प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here