Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-सन्जीदा इश्लामले नट आउट अर्धशतक हिर्काएपछि श्रीलकामाथि बंगलादेशले ७ विकेटले पराजित गरेको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा मंगलबार विहान भएको प्रतिस्पर्धामा बंगलादेशले श्रीलंकाले दिएको १२३ रनको लक्ष्यलाई ३ विकेटको क्षतिमा पुरा गर्ने क्रममा इश्लाम र फर्गाना होक्युले क्रमश ५१ र २३ रन नटआउट खेले ।

टस हारेर व्याटिङ गर्न क्रिजमा उत्रिएको श्रीलंकन महिला टोलीले निर्धारित २० ओभरमा यु थिमास्हिनीले उत्कृष्ठ शुरुवात गरिन् । ५६ रन बनाई क्रिजमा जमिरहदाँ रनआउटको शिकार बन्न पुगिन् । उनले ४९ बलमा ५ चौका र ४ छक्का हिर्काइन् । उनले नै प्रतियोगिताको पहिलो छक्का हिर्काएकी हुन् । एच.मादेवीले पनि ३३ रनको योगदान गरिन् । श्रीलंकाले ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । बंगलादेशी बलर नाहिता अक्तेरले ४ ओभरमा ३२ रन दिदैं ४ विकेट लिईन ।

१२३ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोलीले ३ विकेटको क्षतिमा लक्ष्य प्राप्ती गर्नेक्रममा सन्जीदा ईश्लामको महत्वपूर्ण ५१ रनको योगदान दिदाँ सहज जित निकाल्न सफल भयो । ४५ बल खेल्दै उनले ८ चौचका हिर्काइन् । आयशा रहमानले २९ रन बनाउने क्रममा ३५ बल खेलिन् । २ चौका र १ छक्का हिर्काएकी थिइन् । खेलमा सन्जीदा ईश्लाम प्लेयर अफ दि म्याच घोषित भईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here