Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता कामना सेवा विकास बैंकले जितेको छ। काठमाडौँ स्थित टियु क्रिकेट मैदान,किर्तिपुरमा सम्पन्न फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि आफ्नो नाम गरेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो। भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए। कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एकरएक विकेट लिए।

यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए। भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए।

यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ए लाई १९ रनले पराजित गरेको थियो। यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।  फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए। यस्तै उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा, प्राइम टाइम्स टिभीका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभाका संसाद हरि नारायण रौनियार, एसएस इभेन्ट्सका सीईओ रमन शिवाकोटीले पुरस्कार प्रदान गरे । फाल्गुन ३ गते देखि सुरु भयो प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो। pic by Raman siwakoti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here