पोखरा(खेलाडी न्युज)-उपाधिमाथि ह्याट्रिक गर्ने अभियानमा रहेको कमल भण्डारीले बुधबार दोहोरो जित निकाल्दै १६ औं सस्करणको माछापुच्छ्रे भेट्रान्स टेनिस प्रतियोगताको सेमिफाईनल प्रवेश गरेका छन् । भण्डारीले अनिल सेनन आरभीलाई ६–०, ६–२ को सोझो सेटले पराजित गरेका थिए । अर्को खेलमा भण्डारीले चौंथो स्थानका सिमान्त गुरुङ्गलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

पोखरेली प्रशिक्षक निरज थापाले पनि जित निकाल्दै अघिल्लो चरणको यात्रालाई सहज बनाएका छन् । थापाले पनि सन्जय श्रेष्ठलाई पहिलो सेटमा पराजित गरेपछि दोस्रो सेटमा वाक ओभर पाउँदै अघिल्लो चरणको यात्रालाई सजिलो बनाए । नारायण पहारीले भने सिमान्त गुरुङलाई भने वाकओभर दिदैं बधाई ज्ञापन गरे । तर भण्डारीसँग पराजित हुदैं प्रतियोगिताबाट बाहिरिए । छेवाङ लामाले पनि ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा राजन पौडेलमाथि ६–४, ६–३ को सेटले पराजित गर्दै तेस्रो चरण प्रवेश गरे ।

राजु श्रेष्ठले विनोद गुरुङलाई ६–१ र १०–८ को सेटले पराजित गर्दा नविन श्रेष्ठले पनि राजकुमार अधिकारीलाई ६–४, ६–० को सोझै सेटमा पन्छाए । गोपी भट्टराईले विष्णु काउछालाई टाइब्रेक सेटमा पराजित गर्दै अर्को चरणको यात्रा तय गरे । उनले काउछालाई ६–४,४–६ र १०–७ को सेटमा पराजित गरेका थिए ।

अनु जोनले अमृतबहादुर कार्कीमाथि सोझो सेटमा जित निकाल्दै बुधबार ४५ वर्षमाथिको उमेर समूहमा आफनो दोस्रो जित दर्ता गरेका छन् । कार्कीमाथि उनले पोखरा रंगशालास्थित कोर्ट नं १ मा सोझो सेटले पराजित गर्ने क्रममा ६–१, ६–२ को नतिजा निकाले । धरमबहादुर लामिछानेले हुम आलेमाथि ६–२, ६–० ले पराजित गरेका थिए । शरण गुरुङले विशाल गुरुङलाई ६–२, ६–२ को सेटले पराजित गरेर प्रतियोगितामा आफनो उपस्थितिलाई निरन्तरता दिईराखे ।

चन्द्र शाहीले आशिष सिग्देललाई ६–१, ६–२ ले पराजित गर्दा राजु राईले सुदर्शन विष्टलाई ७–५, ५–७ र ११–९ को प्रतिस्पर्धात्मक सेटमा जित निकालेका थिए । ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा समीर शेरचनले जाङ्बु शेर्पालाई ६–१, ६–१ सेटले पराजित गरेका थिए । नरेन्द्र सिंहले पेमा टासीबाट वाक ओभर पाउँदै कोर्टमा नउत्रिदै जितको खुशी मनाए । राजकुमार गुरुङले बावु कार्कीलाई ७–५ र ६–२ को सेटले पराजित गर्दै अर्को चरण प्रवेश गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here