पोखरा, (खेलाडी न्युज)—पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मा रहेको मालेपाटन खेल मैदानमा स्थायी भलिबल कोर्ट बनाउन शुरु गरिएको छ । अभियान युवा क्लबको सक्रियतामा महानगरपालिका, वडा कार्यालय तथा बाराही माविको समन्वयमा भलिबल कोर्ट बनाउन थालिएको हो । मालेपाटन खेल मैदानमा प्रायः ७ ए साईड फुटबल प्रतियोगिता हुदै आईरहे पनि युवाहरुमा भलिवलप्रतिको उत्साह बढदै गएको अवस्थामा मैदानको उत्तर तर्फको चौरमा स्थायी भलिबल कोर्ट बनाउने कार्य अगाडि बढाइएको क्लबले जनाएको छ ।

वडा नं. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले भलिवल कोर्ट बन्न लागेकोमा खुशी व्यक्त गर्दै यसको संरक्षण तथा युवालाई खेलप्रतिको आकर्षण गराउनु पर्ने बताए । उनले भलिबल मात्र नभई युवा तथा खेल क्षेत्रमा आफु सधै अग्रसर रहेको बताए । त्यस्तै क्षेत्रीय भलिबल संघका सदस्य रमेश श्रेष्ठले क्लवले गरेको कार्यलाई प्रशंसा गर्दै खेल क्षेत्रमा जस्तोसुकै सहयोग गर्नका लागि आफु सधै तयार रहेको बताए । त्यस्तै क्लबका अध्यक्ष मोहन बहादुर केसीले अबको एक महिनामा कोर्टको निर्माण कार्य सम्पन्न गरिने बताए । निर्माणाधिन भलिबल कोर्टको प्राविधिक सहयोग क्षेत्रीय भलिबल संघले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here