एजेन्सी—अमेरिकाको अगष्टामा सञ्चालित माष्टर्स गल्फ प्रतियोगिताको आज दोस्रो दिन छ अण्डर ६६ स्कोरको कार्ड बनाउँदै अमेरिकन गल्फर प्याट्रिक रिडले दुई स्ट्रोकको अग्रता बनाएका छन् । उनले अघिल्लो दिन तीन अण्डर ६९ खेल्दै पहिलो दिनको शुरुवात गरेका थिए । तर दोस्रो दिन उत्कृष्ठ शुरुवात गर्ने क्रममा ६ अण्डर खेल्दै ६६ कार्ड बनाई उनी समग्रमा ९ अण्डर १३५ को स्कोरमा छन् ।

रिडले पाँचौ होलमा मात्रै इभन पार खेले । चौथो होलमा बोगी खेपेपनि फ्रण्ट नाईनमा उनले ५ अण्डर हिर्काए । व्याक नाइनको पहिलो होल(१० नम्बर) मा बोगी खेप्दै शुरु गरेका रिडले १६ होलमा फेरी अर्को बोगी खेपे । यद्यपी उनले फ्रन्ट नाईनको लय व्याक नाईनमा नदेखाएपनि १८ होल पुरा गर्दा ६ अण्डर ७२ को स्कोरिङ गर्दै दोस्रो दिनको खेल समाप्ती गरे । उनले भने अष्ट्रेलियन व्यवसायिक गल्फरले मार्क लिसमन पछ्याईरहेका छन् ।

दोस्रो दिनको खेल समाप्तीमा लिसमनले सात अण्डर १३७ को कार्ड बनाउँदै दोस्रो स्थानमा छन् । दोस्रो दिन उनको व्यक्तिगत प्रदर्शन भने निकै राम्रो रह्यो । पाँच अण्डर ६७ खेले । फ्रन्ट नाईटमा तीन अण्डर खेलेका लिसमनले व्याक नाइन अन्तर्गतको १४ औं होलमा बोगी खेप्न पुगे । बोगीको भरपाई भने उनले १५ औं होलमा इगल हिर्काउँदै पूर्ति गरे । र दोस्रो दिनमा उनी ५ अण्डर ६७ खेल्दै समग्रमा ७ अण्डर १३७ स्कोरमा छन् । स्वीडिस गल्फर हेनरिक स्ेटन्सन भने तेस्रो स्थानमा उक्लिएका छन् । उनी पाँच अण्डर १३९ को स्कोरमा छन् ।

हेनरिकले पार ७२ अन्तर्गत दोस्रो दिनको खेलमा केवल दुई अण्डर मात्रै राख्न सके । चौथो होलमा बोगीको भार काँधमा लिएका उनले १० र १२ औं होलमा पनि बोगीको बोझ बढाए । यदपी उनले फ्रन्ट नाईनमा एकअण्डर र व्याक नाईनमा पनि एक अण्डर गरी दुई अण्डर ७० मा खेल टुग्याए ।

पहिलो दिन दुई स्ट्रोकले अग्रता लिएका अमेरिकन गल्फर जोर्डन स्पिथ भने दोस्रो दिन खराब लयमा रहे । उनले दोस्रो दिन दुई ओभर ७४ खेल्दै समग्रमा चार अण्डर १४० को स्थितिमा चौथो स्थानमा स्वीटजरल्याण्डकी रोरी म्याकल्रोरीसँग बराबरीमा छन् । अघिल्लो दिन उनी छ अण्डर ६६ मा खेल्दै राम्रो शुरुवात गरेका थिए ।

दोस्रो दिन पहिलो होलमा उनले डबल बोगी खेपे । दोस्रो होलमा पनि फेरी बोगीको भार थपियो । सातौ होलमा अर्को बोगी खप्टिएपछि फ्रन्ट नाईन चार ओभर ४० मा स्थितिमा पुगे । व्याक नाइनमा भने दुई अण्डर ३४ को कार्ड बनाएपछि खेल टुग्याउँदा २ ओभर ७४ मा रहे । पहिलो दिन दोस्रो स्थानमा रहेका अर्का अमेरिकन गल्फर टोनी फिनाउ पनि दोस्रो दिन खराब लयबाट गुज्रिए । उनी दुई अण्डर १४२ को अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here