एजेन्सी-माष्टर्स गल्फ टुर्नमेन्टको पहिलो दिनको खेल टुगिदा अमेरिकन गल्फर ब्रायसन डिच्याम्पब्युले ६ अण्डर ६६ खेल्दै अग्रता लिएका छन् । तेस्रो, नवौं र चौधौं होलमा बोगी खेपेपनि उनले खेल अन्त्यमा उत्कृष्ठ रुपमा टुग्याँदै ६ अण्डरको कार्ड बनाए । बाँकी होलमा उनले बर्डी हिर्काउँदै आफनो छविलाई उजिल्याए । दोस्रो स्थानमा भने ब्रुक्स कोइप्काले पनि समान ६ स्ट्रोक जोगाउँदै ६६ को कार्डमा रहँदै पहिलो दिनको खेल टुग्याएका छन् ।

उनले पहिलो दिन भने कुनै पनि होलमा बोगी खेपेनन् । फ्रन्ट नाईनको चौथो होलमा मात्रै उनले बर्डी हिर्काए । बाँकी होलमा उनी इभन पारमा खेल्दै एक स्ट्रोक अण्डरमा रहे । व्याक नाईनमा भने पाँचवटा होलमा बर्डी हिर्काए । अन्य होलमा फेरी इभन पार नै खेलेर समान ६ अण्डर ६६ को स्कोरमा खेलिरहेका छन् ।

तेस्रो स्थानमा पनि अमेरिकन गल्फर नै छन् । फिल मिकल्सनले ५ अण्डर ६७ मा छन् । पार ७२ को अगष्ट नेशनल गल्फ क्लबमा फिलले फ्रन्ट नाईन दुई अण्डर ३४ मा रहेका थिए । व्याक नाईनको नवौ र दशौं होलमा बोगी खेप्दै शुरुवात गरेपनि लयमा फर्किदै) उनले अन्त्यमा ३ अण्डर ३३ खेले । समग्रमा उनी ५ अण्डर ६७ को स्कोरबाट उपाधि प्रतिस्पर्धामा आफुलाई उभ्याईरहेका छन् । पुर्व विश्व च्याम्पियन अमेरिकन गल्फर टाईगर उड्स भने दुई अण्डर ७० खेलेका छन् । पाँचौ र १७ औं होलमा उनले बोगी खेपे । जसले उनको प्रदर्शन कमजोर बनाईदियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here