पोखरा(खेलाडी न्युज)-कोभिड–१९ को विपत अवस्था छ । विपतले सबै क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा समेत प्रभावित हुन पुगेको अवस्था छ । स्वास्थ्य क्षेत्रमा रगतकै अभाव हुन नदिन बन्दाबन्दीकै बीचमा खेलाडीहरुले रक्तदान गरेका छन् । रक्त सञ्चारकेन्द्र पोखरामा रगतको अभाव हुन नदिन मुआ थाई संघ कास्कीले रक्तदान आयोजना गरेको हो । रक्तदानमा मुआ थाई खेलाडी तथा संघका पदाधिकारीहरुले दान गरेका थिए । मंगलबार दान कार्यक्रममा ४३ युनिट संकलन गरिएको थियो ।

रक्तदानको पोखरा महानरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरेका थिए । मेयर जिसीले सुरक्षित एवं सामाजिक दुरी कायम गरी सम्वेदनशिल अवस्थामा पनि रक्तदान गरेकोप्रति मुआ थाई संघप्रति आभार प्रकट गरे । कोभिड –१९ को महामारीमै समयमा विभिन्न दुर्घटना एवं अन्य विरामीलाई रगतको अभाव हुन नदिन संघले गरेको कार्य प्रसंशनिय रहेको उल्लेख गरे ।

मुआ थाई संघका केन्द्रीय कोषाध्यष एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी अन्तराष्ट्रिय एरिनामा आफनो खेल कौशिल प्रदर्शन गरिसकेको भन्दै छ भन्दै कोभिड–१९ को महामारीको समयमा रगतको अभावले ज्यानै जाने अवस्था नहोस भन्ने उद्देश्यले आयोजना गरिएको बताए । ‘विपत अवस्थामा रगतकै अभावमा अन्य रोगीका विरामीलाई थप विपक्ति आउन नदिन रक्तदान गरिएको हो ।’ उनको भनाई थियो ।

मुआ थाई संघ कास्कीका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले रगतकै अभावले जटिल समस्या आउन नदिन संघले रक्तदान गरिएको भन्दै रक्तदानमा सहभागि सबै प्रति आभार प्रकट गरे । पोखरा महानगरपालिका वडा नं २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई मेयर जिसीले ब्लड व्याग हन्तान्तरण गर्दै शुरुवात गरिएको थियो । संघका अध्यक्ष अब्राहम खान, खेलाडी समेत रहेको सुवास खड्का लगायतले रक्तदानमा खेलाडीको सहयोगप्रति धन्यवाद प्रकट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here