पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा
कास्कीको आदर्श क्लबले भीमाद युथ क्लब तनहुँसँग भिड्ने निश्चित हुदाँ स्याङजाको होराईजन क्लबले लमजुङको त्रिवेणी क्लबसँग खेल्ने छ ।

म्याग्दीले जिल्ला खेलकुद विकास समितिले बाग्लुङ फुटबल संघलाई फराकिलो गोल अन्तरले पराजित गरेपनि सेमिफाईनल सम्भावना कमजोर बन्यो । भीमाद युथ क्लब ९ अंकसहित सेमिफाईनल प्रवेश गर्यो । होराईजन क्लब स्याङजाले आईतबार भीमादलाई पराजित गर्दै समान अंकको आधारमा विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको प्रदेश लिग कमिटिले जनाएको छ । गोल अन्तरले स्याङजा समूह विजेता हुन पुग्यो ।

आईतबार भएको प्रतिस्पर्धामा स्याङजाको होराईजनले भीमाद युथ क्लब तनहुँलाई १–० गोलले पराजित गर्दै समूह बीको विजेता बन्दै सेमिफाईनल सम्भव बनाएको हो । २१औं मिनेटमा सरोजकुमार क्षत्रीले गोल गर्दै जित सुनिश्चित बनाए । उनको महत्वपूर्ण गोलसँगै समूह विजेता बनेको स्याङजाले सेमिफाईनलमा लमजुङको त्रिवेणी क्लबसँग प्रतिस्पर्धा गर्ने लिग आयोजक कमिटिका सचिव रमेश कार्कीले बताए । सेमिफाईनलमा कास्कीको आर्दशले भने भीमाद युथ क्लब तनहुँसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here